होन्डाले भन्योः एनिभर्सरी अभियान सञ्चालन गरिएको छैन, गिफ्टको भरमा नपर्नुस्

होन्डाले भन्योः एनिभर्सरी अभियान सञ्चालन गरिएको छैन, गिफ्टको भरमा नपर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – होन्डा नेपालले होन्डाको ७० औं वार्षिकोत्सवको अवसरमा आएको म्यासेज झुटो भएको बताएको छ । होन्डा ७० औं एनिभर्सरीका नाममा सामाजिक सञ्जालमा एउटा सन्देश भाइरल भएपछि नेपालमा होन्डाको आधिकारिक बिक्रेता होन्डा नेपालले यस्तो अभियान सञ्चालन नगरिएको जानकारी दिएको हो ।

बुधबार देखि होन्डा ७० औं एनिभर्सरी फिशिङ म्यासेज भाइरल भएको हो । म्यासेज खोलेपछि होन्डाको स्कुटर जितेको र यो म्यासेज अरुलाई पनि फरवार्ड गरेर पुरस्कारका लागि दर्ता हुन भनिन्छ । उक्त सन्देश भाइरल भएपछि होन्डाले विज्ञप्ति नै जारी गरेर सचेत हुन आग्रह गरेको छ ।

स्क्याम फेसबुकमा रिपोर्ट गरिएकोले उक्त स्क्याम लिंकमा क्लिक नगर्न होन्डा नेपालले आग्रह गरेको छ । त्यस्तै, होन्डा एनिभर्सरी र त्यस्ता प्रकारका कुनै पनि शंकास्पद फिशिङ लिंकहरु आइरहेका छन् भने त्यसलाई क्लिक नगर्न र साइबर आक्रमणको शिकार नबन्न समेत होन्डा नेपालले जनाएको छ ।