होङ्सी शिवम सिमेन्टलाई १६ अर्ब रुपैयां ऋण लगानी गर्न पांच वाणिज्य बैंक तयार


काठमाडौं — देशका प्रमुख ५ बैंकले सिमेण्ट उद्योगमा १६ अर्ब लगानी गर्ने तयारी गरेका छन् । एनएमबी बैंकको नेतृत्वमा ५ वटा वाणिज्य बैंकले होङ्सी शिवम सिमेन्टलाई १६ अर्ब रुपैयां ऋण दिन लागेका हुन् । सोमबार सांझ ऋण सम्बन्धमा सम्झौता गर्ने कार्यक्रम छ । एनएमबि बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट,प्रभु, एभरेष्ट र एसबिआई बैंक मिलेर ऋण दिने तयारी भएको हो ।

नेपालमा बैंकहरुले निजी क्षेत्रको उद्योगमा एउटै परियोजनामा यति ठुलो मात्रामो ऋण दिन लागेको यो पहिलो घटना हो । शिवमको कारखाना नवलपरासीमा रहेको छ । यसमा वैदेशिक लगानी समेत रहेको छ । चिनको होङ्सी ग्रुपको ७० प्रतिशत र नेपालको शिवम सिमेन्टको ३० प्रतिशत लगानी रहेको छ ।

५ वटा व्यापारीक घरानाको लगानी रहेको सिमेन्ट उद्योगले परिक्षण उत्पादन भने सुरु गरिसकेको छ । शिवमका संचालकले दैनिक १२ हजार मेट्रिकटनसम्म सिमेन्ट उत्पादन गर्ने दावी गरेका छन् । यससंगै उक्त कम्पनी नेपालको सबैभन्दा बढी उत्पादन क्षमता भएको कम्पनी बन्न सफल भएको छ ।

शिवमले प्रिमियम मुल्यमा आइपिओ समेत निस्काशन गरिसकेको छ । सर्वसाधारणलाई प्रतिकित्ता ४ सयको दरले आइपिओ निकाल्ने तयारी कम्पनीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement