काठमाण्डु – होटलमा भेट्न बोलाई गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने महिला गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सँगै बसेको गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्दै रकम असुल्ने दुई महिलासहित तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा जाजरकोट भेरी नगरपालिका–६ घर भई काठमाण्डु गोंगबु बस्ने २८ वर्षीया संगिता शाह, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१२ घर भई गोंगबु बस्ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट ताडी नगरपालिका–३ घर भई स्वयम्भु बस्ने २१ वर्षीय शंकर खनाल छन् ।
महाशाखाका अनुसार शाह र गिरीले पुरुषलाई होटलमा भेट्न बोलाएर सँगै बसेको भिडियो गोप्य रूपमा खिचेर ब्ल्याकमेलिङ गरेको खुलेको छ । खनाललाई भने ति महिलाले उनको नाममा पाँच लाखको चेक काट्न लगाएको अभियोगमा पक्राउ गरिएको हो ।
महाखाअनुसार ती महिलाले कपन र इमाडोल बस्ने दुई पुरुषलाई चावहिलस्थित गेस्ट हाउसमा भेट्न बोलाएर । कोठामा सँगै बसेको भिडियो गोप्य रूपमा खिचेर ब्ल्याकमेलिङ गरेको उजुरी परेको छ ।




प्रतिक्रिया