हङकङविरूद्ध नेपालको उत्कृष्ट सुरूवात

हङकङविरूद्ध नेपालको उत्कृष्ट सुरूवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  त्रिदेशीय टी-२० सिरिजको खेलमा हङकङविरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले चार ओभरको समाप्तिमा हङकङका चार ब्याटरलाई आउट गरेको छ ।

पहिलो ओभर लिएर आएका करण केसीले पहिलो बलमै विकेट लिएका थिए।अहिलेसम्म उनले तीन विकेट लिइसकेका छन् भने सोमपाल कामीले एक विकेट लिएका छन्।

जारी खेलको पाँच ओभर समाप्त हुँदा हङकङले चार विकेट गुमाएर १५ रन बनाएको छ । शृङ्खलामा नेपालको यो दोस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको जित निकालेको थियो ।