एजेन्सी – हङकङस्थित चिनियाँ सैनिक फौजका कमाण्डर मेजर जनरल छेन डाओसियाङले हङकङमा प्रजातान्त्रिक समर्थकहरुले गरेको हिंसात्मक आन्दोलनप्रति आपत्ति जनाएका छन् ।
चाइनिज पिपुल्स लिब्रेसन आर्मी (पीएलए)को ९२औं स्थापना दिवसका अवसरका आयोजित कार्यक्रममा बोल्दै मेजर जनरल डाओसियाङले आफ्ना सेनाहरुले हङकङ सरकारलाई दृढतापूर्वक समर्थन गरेको बताए ।
उनले हिंसात्मक गतिविधिमा संलग्न अपराधीलाई कानुन बमोजिम कारबाही गर्नु न्यायिक प्रणाली भएको समेत बताए ।
हिंसा भड्काएको, दंगामा सहभागी भएको तथा कानुनविपरीत आन्दोलन गरेको भन्दै ४४ जनालाई कारबाही गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
“पछिल्लो समय श्रृंखलाबद्ध हिंसात्मक घटना भएका छन्, सहरका कार्यकारी प्रमुख क्यारी लामसमेत उपस्थित सभामा सम्बोधन गर्दै डाओसियाङले भने, ‘उक्त घटनाहरुले एकै देशका दुई प्रणालीको गम्भीर उल्लंघन गरेको छ । यो कुनै हालतमा सह्य हुन सक्दैन र हामी यसको घोर निन्दा गर्दछौं ।’
सीएनएन




प्रतिक्रिया