एजेन्सी – हङकङमा कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । बिहीबार हङकङमा ९० जना कोरोना संक्रमित थपिएका हुन् ।
चिकित्सकहरुले कोरोना भाइरसको संक्रमण बढिरहेकाले सरकारले तत्काल आवश्यक कदम नचाले स्थिति भयावह बन्ने चेतावनी दिएका छन् । हाल भेटिएका ९० जना कोरोना संक्रमित घरेलु कामदारहरु रहेको बताइएको छ ।
हालसम्म हङकङमा कोरोना भाइरसको संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने ३७ सय ५४ जना संक्रमित भएका छन् ।




प्रतिक्रिया