त्रिकोणात्मक टी-२० सिरिजः आज हङकङविरुद्ध खेल्दै नेपाल

त्रिकोणात्मक टी-२० सिरिजः आज हङकङविरुद्ध खेल्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  टी-२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले आज घरेलु टिम हङकङविरुद्ध खेल्दैछ । हङकङमा आजदेखि सुरु हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी)को सहभागिता छ ।

आयोजक हङकङविरुद्ध आफ्नो पहिलो खेल खेल्दै प्रतियोगीताको सुरुवात गर्दैछ। यो खेल मोङकोकस्थित मिसन रोडमा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।

हेड टु हेडका आधारमा पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा हङहङले २ खेल जितेको छ। नेपालले दोस्रो खेलमा पर्सि पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ।

यसअघि हिजो भएको मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ।

टस जितेर पहिले बलिङ गरेको नेपाललाई हङकङले २१३ रनको लक्ष्य दिएको थियो। नेपाली टोली भने १३९ रन मात्र बनाउन सक्यो। आगामी जेठमा हुने टि-२० विश्वकपको लागी नेपालले तयारी स्वरुप हङकङ भ्रमण गरेको हो।