कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल

कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्या्दित पेशाका रुपमा लिनुपर्ने बताएका छन् । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना गरेकाे  २१औँ पुष्प मेलाको उद्घाटन गदै कृषि मन्त्री खनालले माटो र मल खेलाउने व्यक्तिलाई राज्यले सम्मानजनक रुपमा लिनुपर्ने बताएका हुन् ।

‘नेपालको हावापानी उत्कृष्ट रहेकाले पनि पुष्प व्यवसायका लागि नेपाल उपयुक्त देश छ, अब फूल आयात होइन निर्यात गर्न हामी सफल रहनुपर्छ ।’  उनले पुष्प व्यवसायीलाई लक्षित गर्दै भने ‘उपयुक्त एजेण्डा लिएर आउनुस् कृषिमा अनुदानको रकम बढाउँछौँ । व्यवसायीले अन्तर्राष्ट्रिय निर्याततर्फ ध्यान दिन आवश्यक छ ।

काठमाडौँ क्षेत्र नं २ का सांसद रामेश्वर फुयाँलले शारीरिक र मानसिक दुवै तरिकाबाट काम गर्नेलाई समान तरिकाले हेर्नुपर्नेमा जोड दिँदै देशको आर्थिक संवृद्धिका लागि कृषि क्षेत्र नै सबैभन्दा बढी बलियो आधार रहेको बताए ।

एशोसिएसनका अध्यक्ष कुमार कसैँजु श्रेष्ठले उत्पादित कृषि वस्तु बजारीकरण र कृषिजन्य वस्तु प्रदर्शनीका लागि उपयुक्त कक्ष आवश्यक रहेकाले त्यस किसिमको वातावरण बनाइदिन सरकारसँग माग गरे । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराका साथ भृकुटीमण्डपमा मेला शुरु भएको छ ।

मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री छन् । मेलामा फूलका ८२ कक्ष रहेका छन् ।