आज तपाईँकाे भाग्यफल कस्ताे रहला ?

आज तपाईँकाे भाग्यफल कस्ताे रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  ९ पुस, २०७८ । २४ डिसेम्बर, शुक्रबार । सूर्योदय बिहान ६ः५३ मा भएकाे छ भने सूर्यास्त ५ बजेर १३ मिनेटमा हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुन सक्नेछ । आजको दिन नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारव्यवसायमा हुनुहुन्छ भने अर्थलाभले वृष राशि भएका जातकका लागि खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश पनि नहुनु होला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नु होला । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईंको शुभ छ । त्यसैले आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आज तपाईंलाई परिवार र सहकर्मीबाट साथ सहयोग प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेकाले तपाईंले जे सोचेर काम गर्नुभएको छ त्यो सफलता मिल्नेछ । कसैसँग वादविवाद हुने काम नगर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन केही खानेकुरा बालक र बृद्धलाई दिनुभयो भने तपाईमाथि लाग्ने अनावश्यक आरोप रोकिन सक्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जलअर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ।