आज कुन राशिका लागि कति शुभ ? हेर्नुहाेस् भाग्यफल

आज कुन राशिका लागि कति शुभ ? हेर्नुहाेस् भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  ७ फागुन २०७८ शनिबार । तदनुसार १९ फेब्रुवरी २०२२ । सूर्योदय बिहान ६ः४० मा भएको छ भने सूर्यास्त १७ः५७ मा हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) यात्राबाट तपाईंलाई फाइदा हुनेछ । त्यसैले आज यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु वेश हुनेछ । शनिदेवको आधरना गर्नु उत्तम हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)  ब्यापारको कामबाट फाइदा हुनेछ । तपाईं सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) आजको दिन तपाईंलाई परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो) तपाईंको आज आफन्तसँग सम्बन्ध प्रगाढ हुनेछ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुने योग रहेको छ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्यनारायणको दर्शन गर्नुहोला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) यात्राको अवसर र संभावना दुवै हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) देवालय र शिवालयको यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) अध्यात्मिक कार्यमा आजको समय व्यतित गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा पुग्नेछ ।