आज कुन राशिका लागि कति शुभ ? हेर्नुहोस भाग्यफल

आज कुन राशिका लागि कति शुभ ? हेर्नुहोस भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं२०७८ साल जेठ १९ गते बुधबार । इस्वी सन् २०२१ जुन ०२ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्याेदय बिहान ०५ बजेर १० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५४ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्य आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहनेछ भने माया प्रेममा एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)   जीवनसाथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ भने दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) पढाइलेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि दिन उत्तम छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरूले विशेष पद पाउने समय छ। अध्ययनमा सुधार भएर जाने हुनाले साथीहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  सवारीसाधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग छ । सेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउने समय छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । अध्ययन अध्यापनमा अरूलाई पछिपार्दै पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । मीठो बोलेर अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढी सुन्नुपर्नेछ । आमासँग मनमुटाव बढ्नेछ । विद्यामा बढी नै समय लगानी नगरे अरूभन्दा पछि परिनेछ भने छातीसम्बन्धी सामान्य समस्याले सताउनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।  गलतसङ्गतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ, ध्यान दिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)  पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलार्ई साइड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरू पक्रिएर जानेछ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) विभिन्न भौतिक तथा विलासी सामानहरू जुट्नेछन् भने दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।