काठमाण्डु – १७ मंसिर, शुक्रबार । तदनुसार ३ डिसेम्बर । मार्गशीर्ष कृष्णपक्ष बालाचर्तुदशी, आज सूर्योदय बिहान ६ः४० मिनेटमा हुनेछ भने सूर्यास्त साँझ १७ः०६ मा हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) व्यापारबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) आजको दिन परिवार र आफन्तजले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् ।कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै बेस हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) आजको दिन तपाईँको शुभ छ । त्यसैले आजको दिन तपाईँको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । आजको दिन कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो) आजको दिन आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात लाग्नेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) आजको दिन सुरु गरेको काम सफल हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला ।
वृश्चिक (त.न.नि.नु.ने.नो.या.यि.यु) शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आजको दिन शिवालयको मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ।




प्रतिक्रिया