काठमाण्डु – नेपालमा पहिलोपटक हरर हरर चलचित्र महोत्सव आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले जानकारी दिए ।
उनले नेपालमा काल्पिनक र लोककथामा आधारित विधामा चलचित्र धेरै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सवमार्फत यस्ता विधाका चलचित्रलाई देशमा प्रचारप्रसार गर्न आयोजना गर्न लागेको बताए ।
नेपालमा यस्ता चलचित्र निमार्णका लागि महोत्सवले थप वातावरण बनाउन सहज बनाउने उनको विश्वास छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (नीफ)को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले जनाए ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ भने सो प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्मलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । यसका साथै चलचित्रहरूको लागि आवेदन पनि खुला गरिएको पाठकले जानकारी दिएका छन् ।




प्रतिक्रिया