आज तपाईंको भाग्य कस्ताे रहला ?

आज तपाईंको भाग्य कस्ताे रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  वि.सं. २०७७ साल फागुन ११ गते । मङ्गलबार । इस्वी सन् २०२१ फेब्रुअरी २३ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ३६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५९ मिनेटमा ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) मनोबल मजबुत हुने हुनाले सहाशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गति विधिमा सलग्न भई अगाडि बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)  स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ ।मीठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्य नाफा कमाउन सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)  पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर तान्न सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्य नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईका काममा सहयोग हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)  सरकारी तथा प्रशासनिक क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएर महत्त्वपूर्ण काम दिन सकिनेछ ।  माया प्रेममा नजिक हुने समय रहेको छ भने एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)  प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तिको योगलाई नकार्न सकिँदैन ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढा, भे) प्रेममा एकअर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछिपरिने अधिक सम्भावना रहेको छ । व्यावसायिक यात्रा भए पनि गन्तव्य पहिल्याउन हम्मेहम्मे पर्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)  पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घरपरिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्य आम्दानी हुने योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी रमाउने योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग रहेको छ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पढाइ लेखाइ विभिन्न कारणले अस्तव्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्वसाधारण सहयोग नगर्ने हुँदा राजनीति तथा समाज सेवामा पनि आजको दिन लाग्ने समय छैन ।