काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ ।
सातै प्रदेशका विभिन्न ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
योसँगै न्यून आय भएका कोरोना संक्रमितले तोकिएका अस्पतालमा निःशुल्क उपचार पाउनेछन् । बिरामीको उपचारमा लाग्ने खर्च सरकार आफैंले व्यहोर्ने छ ।





प्रतिक्रिया