बैंकक हस्पिटलले आयोजना गरेको चिकित्सा शिक्षा र चिकित्सा पर्यटन कार्यक्रम सम्पन्न

बैंकक हस्पिटलले आयोजना गरेको चिकित्सा शिक्षा र चिकित्सा पर्यटन कार्यक्रम सम्पन्न


काठमाण्डु- बैंकक हस्पिटलले आयोजना गरेको चिकित्सा शिक्षा र चिकित्सा पर्यटन कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाण्डुमा कार्यक्रम आयोजना गर्दै बैंकक हस्पिटलले चिकित्सा शिक्षा र चिकित्सा पर्यटन कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमा बोल्दै बैंकक हस्पिटलका कार्डियोलोजी डा. योसावे उकायागोर्न र सर्जिकल ओन्कोलोजी डा. किटिसाक थेप्सुवानले नयाँ टेक्नोलोजी र विभिन्न रोगको सफल उपचारको बारेमा जानकारी गराएका छन् । बैंकक घुम्न जाने मानिसहरुलाई कुनै पनि रोगको उपचारको लागि हस्पिटलले विभिन्न सेवा प्रदान गर्ने उनीहरुको भनाइ छ ।

हस्पिटलले नौलो चिकित्सा अभ्यास र नवीनतम विकासको पर्यटन टेवा पुर्याउने जनाइएको छ । बैंकक हस्पिटललमा मुटु, क्यानसर लगायतका विभिन्न रोगको सफल नवीनतम टेक्नोलोजीका साथ उपचार गरिने कार्डियोलोजी डा. योसावेले बताए । उक्त कार्यक्रममा बैंकक हस्पिटलका वरिष्ठ चिकित्सक र नेपाली मेडिकल क्षेत्रका विशिष्ठ व्यक्तिको उपस्थिति थियो।