कलैयाका ४ वटा निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

कलैयाका ४ वटा निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले कलैयाका ४ वटा निजी अस्पताललाई मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्ने निर्देशन दिएका छन् ।

बाराको कलैयामा शनिबार निजी अस्पताल अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले योगशिला अस्पताल प्रालि, सब मेट्रोसिटी हस्पिटल प्रालि, राजकुमारी प्रालि क्लिनिक र कलैया हस्पिटल प्रालिलाई बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कलैयामा रहेका निजी अस्पतालको शनिबार बिहानैदेखि मुख्यमन्त्री सिंह आफैंले अनुगमन गरी दर्ता भए/ नभएको सेवा प्रवाह, व्यवस्थापन र गुणस्तरीयताको बारेमा जानकारी लिएका छन् ।

योगशिला अस्पतालले १५ शय्याको भए पनि अप्रेसन समेत गर्ने गरेको पाइएको र अप्रेसन कार्य गर्न नमिल्ने मुख्यमन्त्री सिंहले बताए ।

मधेश प्रदेशमा रहेका १८० वटा निजी अस्पतालको मुख्यमन्त्री सिंहले अनुगमन गरिसकेको र १३३ वटा मापदण्डविपरीत रहेको पाइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।