अब अस्पतालमा पनि शनिबार र आइतबार बिदा, आकस्मिक सेवा के होला ?

अब अस्पतालमा पनि शनिबार र आइतबार बिदा, आकस्मिक सेवा के होला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले स्वास्थ्य संस्थामा शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै हप्तामा २ दिन अस्पताल बन्द गर्ने जानकारी दिएको हो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरुलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेको थियो ।

मन्त्रालयको आग्रहपछि चिकित्सक संघले आइतबार ओपीडी खोल्न नसक्ने बताएपछि सरकारले सरकारी अस्पतालहरुमा फेरि आइतबार बिदा कायम गरेको हो ।

स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, स्वास्थ्य संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयको भनाइ छ।

यद्यपि आकस्मिक र अन्तरंगसेवाहरू भने २४सै घण्टा सुचारु राख्न जनाएको छ।

आइतबारका लागि मिति तोकिएका शल्यक्रिया तथा अन्य प्रक्रियाको व्यवस्थापन मिलाउन अस्पतालहरूलाई निर्देशन दिइएको छ। साथै, उपलब्ध सेवाको जानकारी वेबसाइट तथा सूचना पाटीमार्फत सर्वसाधारणलाई उपलब्ध गराउन आग्रह गरिएको छ।