दाङ – दाङमा एक्सरे गर्न अस्पताल पुगेकी महिलालाई नाङ्गै बनाएको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । घोराहीमा रहेको गोरखा अस्पतालमा महिलालाई नाङ्गै बनाएर एक्सरे गरेको आरोपमा बबई गाउँपालिका-५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।
छातीको एक्सरे गर्न पुगेकी घोराही-१८ की नवविवाहित महिलालाई नाङ्गै बनाएको आरोपमा अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने डाँगीलाई पक्राउ गरिएको दाङका डीएसपी सुमित खड्काले बताए ।
उनका अनुसार महिलाका श्रीमानले ती स्वास्थ्यकर्मीले आफ्नी श्रीमतीलाई छातीको एक्सरे गर्दा नाङ्गै बनाएको भन्दै उजुरी दिएका थिए । उजुरीमा छातीको एक्सरे गर्दा छातीको भागका कपडाका साथै कम्मरमुनी समेत कपडा खोल्न लगाएर नाङ्गै बनाएको उल्लेख छ ।




प्रतिक्रिया