काठमाण्डुका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाण्डुका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने निर्णय भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्षमण अर्यालले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड उपचार गर्ने अस्पतालका बनाउने निर्णय गरेको जानकारी दिए ।

साथै निजी अस्पतालहरूलाई पनि १ तिहाई बेड मात्र अन्य बिरामीहरुका लागि छुट्याएर अरुसबै बेड कोभिड बिरामीका लागि छुट्याउन आग्रह गरेको उनले बताए ।

अर्यालले संक्रमितको संख्या ह्वात्तै बढेका कारण अक्सिजनको अभाव रहेको भन्दै अक्सिजन उत्पादन नबढाएसम्म त्यो चुनौती कायम रहने बताए ।