इन्धन अभावले गाजा क्षेत्रका अस्पताल प्रभावित

इन्धन अभावले गाजा क्षेत्रका अस्पताल प्रभावित

गाजामा स्थल सैन्य कारबाही थाल्ने इजरायलको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायल-प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु काम गर्न नसक्ने अवस्थामा रहेका छन् ।

इन्धन अभाव भएपछि गाजा क्षेत्रका अस्पतालहरुमा काम अवरुद्ध भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। गाजा स्ट्रिपका अस्पतालहरूमा आपत्कालीन अवस्थाका बिरामीहरू मात्र भर्ना लिन थालिएको छ।

राष्ट्रसंघीय भवनहरूमा विस्थापित छ लाखभन्दा धेरै मानिसहरूको भिडभाड छ, जुन त्यहाँको क्षमताभन्दा चार गुणा बढी हो।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले लगातार दोस्रो दिन इजरायली हवाई हमलाका कारण ७ सयभन्दा धेरै मानिसहरू मारिएको जनाएको छ।

इजरायली सेनाले आफूले हमास लडाकुहरू र पूर्वाधारमा निसाना बनाएको जनाएको छ। अक्टोबर ७ मा हमासले सीमाना नाघेर गरेको हमलाको जवाफमा इजरायलले हमासविरुद्ध बमबारी अभियान चलाएको छ।

हमासले गरेको आक्रमणविरुद्ध इजरायलले गाजामा जवाफी आक्रमण गर्दा २३ लाख प्यालेस्टेनीका घर नष्ट भएका जनाइएको छ । आक्रमणमा ४ हजार १०० बढी नागरिकको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा क्षेत्रमा स्थल सैन्य अपरेसनको तयारी भइरहेको बताएका हुन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री नेतन्याहूले त्यस्तो सैन्य कारबाही कहिले सुरु हुन्छ त्यसबारे भने केही बताएनन् ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले यस्तो कारबाही प्रारम्भ मात्र भएको दाबी गरे । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीचको अक्टोबर ६ सम्मको यथास्थितिमा फर्कन नसकिने जिकिर गरेका छन् ।

पछिल्लो तथ्यांकअनुसार अक्टोबर यताको युद्धमा करिब ६ हजार ५ सय प्यालेस्टेनीको र चौध सय इजरायलीको ज्यान गएको छ । हमासले कम्तिमा दुई सय जनालाई बन्धक बनाएको छ ।

इजरायल र हमासबीच २० दिनदेखि जारी युद्धमा दुवैतर्फ गरी झन्डै आठ हजार जनाको मृत्यु भएको छ । मारिनेमा कम्तिमा दुई हजार बालबालिका छन् ।