अस्पतालः लाईनमा बस्दै बित्छ बिरामीका दिन !

अस्पतालः लाईनमा बस्दै बित्छ बिरामीका दिन !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर – पेट दुख्ने समस्या भएका १३ बर्षीय छोरा सुजन लिएर भरतपुर अस्पताल आएकी कालिका नगरपालिका ९ शक्तिखोरकी माया चेपाङले एकै दिनमा उपचार गराउन सकिनन् ।

अस्पतालको टिकट काउन्टरमा लामो लाईन लाग्छ भन्ने थाहा पाएकी उनी विहानै ८ बजे आएकी थिईन् । बल्ल बल्ल विरामी छोरो डाक्टरलाई देखाएपछि भिडियो एक्सरे रगत, दिसा र पिसाबको जाँच गर्नुपर्ने भनियो । फेरि आधा घण्टा लाइन बसेर उनले डाक्टर भनेका जाचका लागि रकम बुझाईन ।

प्रयोगशालामा रत, दिसा, पिसावको नमुना दिन र भिडियो एक्सरे गराउन पनि उत्तिकै कुर्नुपर्योे । भिड हुन्छ भनेर विहानै लाईनमा आएर बसे पनि सबै रिपोर्ट देखाउन भ्याईएन, मायाले भनिन् एकै दिन सबै रिपोर्ट नआाएकाले केहि रिपोर्ट मात्र डाक्टरलाई देखाउन भ्याए ।,
आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।