यस्ता छन् गर्मीयामका लागी उपयोगी खानेकुराहरु


एजेन्सी – गर्मि मौसममा हाम्रो शरिरबाट धेरै पसिना आउने र शरिरमा पानीको कमी हुने, चर्को घामको कारणले गर्दा छालाको समस्या निम्त्याउने, विभिन्न प्रकारका भिटामिन र मिनरल्सहरुको कमी हुने आदी जस्ता समस्याहरु देखा पर्न सक्छन् ।  यी समस्याहरुबाट बच्नको लागी हामीले गर्मी याममा केहि खानेकुराहरुलाई खानामा समाबेस गराउन सक्छौं ।

यी हुन् गर्मियामका लागी महत्व्पूर्ण खानेकुराहरु:-

खरबुजा  : गर्मिको मौसममा शरिरमा पानीको मात्रा कम भएमा स्मरण शक्ती नास हुने, मनस्थिती स्थायी नहुनाको साथै अन्य थुप्रै समस्याहरु देखिने हुन्छ । खरबुजामा ९२ प्रतिसत पानी हुन्छ। यसको अतिरिक्त भिटमिन , मिनरल्स र छालाको सुरक्षाको लागी अतीनै उपयोगी लाईकोपिन ९थिअयउभलभ० नामक रसायन रहेकोले यस्को सेवन अतिनै उपयोगी हुनुका साथै खरबुजाको सेवनले शरिरलाई सितलता समेत प्रदान गर्दछ ।

चिसो कफि : चिसो कफिको सेवनले छालालाई सुर्यको किरण र अधिक तापक्रमबाट हुने हानीलाई कम गर्दछ । युरोपीयन जर्नल अफ क्यान्सर प्रीभेन्सनले प्रकासित गरेको एउटा लेख अनुसार ९३००० महिलाहरुमा गरिएको एक सर्भेक्षणमा क्याफिन भएको चिसो कफी दैनिक १ कप पिउने ब्यक्तीमा छालाको क्यान्सर हुने सम्भावना १० प्रतिसतले कम हुने तथ्य्य प्राप्त भएको छ ।

गोलभेडा : गोलभेडालाई रातो रङ दिने रसायन क्यारोटीनोइड्स (carotenoids)ले सुर्यबाट आउने हानिकारक परबैजनी किरणलाइ छाला डढाउन बाट रोक्ने गर्दछ ।

सुन्तला : सुन्तलामा ८० प्रतिसत पानी हुनुको साथै पोटासियम पनि पाइने हुँदा पसिनाबाट खेर जाने पानी र पोटासीयमको मात्रा पुर्ती गर्नको लागी यो उपयोगि हुन जान्छ ।

सुपको साग : सुपको सागमा भिटामिन सि, भिटमिन बि, फोलेट, क्याल्सियम, पोटासियम, आइरन आदी पाइन्छ। शरिरमा पानीको मात्रा कम हुनबाट रोक्नुको साथै यसमा पाइने उपयोगी तत्वले मृगौलाको कार्यलाई समेत सहयोग गर्दछ ।

ग्रिन टी : ग्रिन टी ले शरिरमा पानीको मात्रा सन्तुलन गरी पानीको कमी हुनबाट बचाउनुको साथै क्यान्सर र मुटुको रोगबाट पनि शरिरलाई बचाउँछ ।
सलाद र गाढा हरियो रङको साग सलाद र गाढा हरियो रङको सागको सेवनले गर्मिको कारणले पसिनाको रुपमा खेर गएको भिटामिन र मिनरल्स हरुको कमी पुर्ती गर्नुको साथै सुर्यको किरणबाट छालालाई जोगाउछ ।

नरिवलको पानी : नरिवलको पानीमा भिटामिन बि , भिटमिन सि, बिभिन्न मिनिरल्सहरु, सुगर र शरिरलाई चाहिने एमिनोएसिडहरु पाइन्छ। यसको पानीले तिर्खा मेटाउनुको साथै त्यसमा पाइने तत्वहरुले शरिरमा पानीको मात्रा पनि सन्तुलन गर्दछ ।

उखुको जुस : उखुको जुसले शरिरलाई सितल राखी चिनिको मात्रा पुरा गर्द्छ ।

कांक्रो : कांक्रोले शरिरमा पानीको मात्रा सन्तुलन गर्नाको साथै भिटमिन र मिनरल्सको पुर्ती गरी पेट समेत स्वस्थ्य राख्द्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement