भारतबाट आउने यात्रुलाई ८ वटा होटल क्वारेन्टाइन, एक रातको ३ हजार शुल्क

भारतबाट आउने यात्रुलाई ८ वटा होटल क्वारेन्टाइन, एक रातको ३ हजार शुल्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतबाट नेपाल आउने यात्रुहरु सरकारले तोकेका होटलमा बस्नुपर्ने भएको छ ।

अन्तराष्टिय उडान बन्द भएपनि नेपाल भारत उडान भने हप्तामा दुई दिन संचालन हुनेछ । दुई उडानबाट नेपाल आउने यात्रु रहने गरी ८ वटा होटेललाई क्वारेन्टाइन तोकिएको छ । भारतबाट आउने हवाई यात्रु यी ८ वटा मध्ये कुनै एकमा क्वारेन्टाइन बस्नु पर्नेछ ।

गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालास्थित अमादब्लम होटेल, गौशालास्थित रिडर्स इन, गौशालास्थित आनन्द आश्रम, जगातीस्थित फार्म हाउस रिर्सोट र जगातीस्थित ए–वान रिर्सोटलाई होटेल क्वारेन्टाइन बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

यी होटलहरुले मूल्य अभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शूल्क लिन पाउनेछन् ।

बाहिरबाट आएका यात्रु अनिवार्य १० दिन क्वारेन्टाइन बस्नु पर्ने भएकाले होटल क्वारेन्टाइन बनाइएको मन्त्रालयले जनाएको छ ।