अपहरणमा परेका भनिएका श्रीमान जब युवतीसँग होटलमा भेटिए…

अपहरणमा परेका भनिएका श्रीमान जब युवतीसँग होटलमा भेटिए…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अपहरणमा परेको भनेर जानकारी गराएका एक युवा होटलमा युवतीसँग भेटिएका छन् । काठमाडौं चुनदेवीका ३० वर्षिय शक्तिराज रेग्मी नयाँ बसपार्कको सुगन्ध होटलमा भेटिएका हुन् ।

उनले आफू अपहरणमा परेको भन्दै परिवारसँग सम्पर्कविहिन भएका थिए । २४ असारदेखि सम्पर्क नभएपछि श्रीमतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।

अनुसन्धान गर्दा उनी होटलमा एक युवतीसँग भेटिएको महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले बताए ।

घरजग्गा कारोबारमा करोडौं तिर्न पर्ने भएपछि उनले यसरी अपहरणको नाटक गरेका थिए ।

अपहरणको नाटक गरेर प्रहरीलाई दुःख दिएकाले उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।