होटल फरेष्ट इनले माघ ४ गतेदेखि आइपिओ जारी गर्ने

होटल फरेष्ट इनले माघ ४ गतेदेखि आइपिओ जारी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ जारी गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते अनुमति प्राप्त गरेअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ ।

जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यो आइपिओ छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

आइपिओमा आवेदन दिन धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गर्न सकिनेछ ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन सम्पन्न भएपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आइपिओ जारी गर्ने कम्पनीको योजना रहेको छ ।