काठमाडौं – पाँचतारे होटल सोल्टीले झण्डै २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बेलुका बसेको होटलको सञ्चालक समितिको बैठकले ११ दशमलव ३१ प्रतिशत नगद लाभांश र १५ प्रतिशत वोनश शेयर दिने घोषणा गरेको हो ।
आगामी पुष २४ गते होटलको साधारणसभा हुँदैछ । साधारणसभाको मिति तय भएसँगै मंसीर २५ देखि पुष २४ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) हुने भएको सञ्चालन समितिले जनाएको छ ।




प्रतिक्रिया