घर कर्जाको दायरा ६० प्रतिशत पुग्यो, रियल स्टेट कर्जा परिवर्तन भएन


काठमाण्डु – राष्ट्र बैंकले कर्र्जा लिएर घर किन्नेहरुका लागि कर्जाको दायरा बढाएको छ । शुक्रबार राष्ट्र बैंकले आर्थिक वर्ष ०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै घर किन्ने उपभोक्ताहरुका लागि कर्जाको दायरा बढाएर ६० प्रतिशत पुर्याएको हो ।

 व्यवस्थित बसोबास प्रोत्साहित गर्ने उद्देश्यले अनुमति प्राप्त घर–जग्गा व्यवसायीबाट सञ्चालन गरिने निर्माणाधीन आवास आयोजनाका लागि र व्यक्तिलाई पहिलो घर निर्माणका लागि प्रवाह गरिने निजी आवासीय आवास कर्जाको हकमा कर्जा सुरक्षण मूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरिएको नीतिमा उल्लेख छ ।

बैंकले निजी आवासीय आवास कर्जाको हकमा घरजग्गा कर्जा कर्जा सुरक्षण मूल्य अनुपातको सीमा ५० प्रतिशतबाट ६० प्रतिशत कायम गरेको जनाएको छ ।

मौद्रिक नीतिले कर्जा सुरक्षण मूल्य अनुपात (एलटीभी रेसियो) को सीमा ६० प्रतिशत पुर्याएसँगै आवास उपभोक्तालाई सहुलियत मिलेको हो ।

घर जग्गा तथा रियल स्टेट क्षेत्रमा प्रवाह हुने कर्जाको सम्बन्धमा कर्जा सुरक्षणमूल्य अनुपात काठमाडौं उपत्यका भित्रको लागि ४० प्रतिशत र अन्य स्थानको हकमा ५० प्रतिशत कायम गर्नुपर्ने विद्यमान व्यवस्थालाई यथावत कायम गरिएको मौद्रिक नीतिमा उल्लेख छ । यो कर्जा परिवर्तन भएको छैन् ।

‘शहरी विकास र व्यवस्थित बसोबास प्रोत्साहित गर्ने उद्देश्यले अनुमतिप्राप्त घरजग्गा व्यवसायीबाट संचालन गरिने नेपाल सरकारबाट स्विकृतीप्राप्त निर्माणाधीन आवास आयोजनाका लागि र व्यक्तिगत पहिलो घर निर्माणका लागि प्रवाह गरिने निजी आवासीय आवास कर्जाको हकमा कर्जा सुरक्षण मूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरिनेछ’, मौद्रिक नीतिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement