प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल जारी रहने छ। बजेटमाथिको छलफल गत सोमबारबाट सुरू भएको हो।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसकेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।