प्रतिनिधिसभा बैठक बस्दै,यी हुन् सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै,यी हुन् सम्भावित कार्यसूची

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आइतबारको बैठकमा तीनवटा बिधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय बिधेयक २०८० प्रतिनिधिसभामा टेबुल गर्ने कार्यसूची छ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने बिद्येयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन ।

आजै सो बिद्येयक माथी संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी बिद्येयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।