सूर्य चुनाव चिन्हमा चुनाव लडेका हृदेयश त्रिपाठी अन्तत नेकपा प्रवेश नगर्ने खुलासा

सूर्य चुनाव चिन्हमा चुनाव लडेका हृदेयश त्रिपाठी अन्तत नेकपा प्रवेश नगर्ने खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालिन नेकपा एमालेबाट सूर्य चुनाव चिन्हमा चुनाव लडेका हृदेयश त्रिपाठी नेपाल कम्युनिष्ठ पार्टी प्रवेश नगर्ने खुलासा भएको छ । सूर्य चिन्हबाट प्रतिनिधिसभाको चुनाव जितेका त्रिपाठी कानुनी रुपमा नेकपाकै सांसद हुन्। तर उनी औपचारिक रुपमा नेकपामा प्रवेश गरेका छैनन्। त्रिपाठीले तत्कालिन नेकपा एमालेसँग चुनावी तालमेल गरेका थिए। त्रिपाठी नेकपामा प्रवेश गर्ने चर्चा भए पनि अन्तिम समयमा प्रवेश नगर्ने भएका हुन् ।

(ने क पा) का अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार धुम्वाहरीस्थित पार्टी मुख्यालयमा त्रिपाठीलाई पार्टी प्रवेश गराउने पाटी निकट स्रोतले जनाएको थियो । तर त्रिपाठी कार्यक्रममा सहभागि नै भएनन् ।

त्रिपाठीले नै नेकपामा प्रवेश गर्ने हल्ला मात्र रहेको दाबी गरेका छन् । उनीले आफूलाई नेकपामा प्रवेश गर्नै विषयमा कुनै जानकारी नै नभएको बताए ।   मधेशवादी दलबाट राजनीतिमा आएका त्रिपाठी स्व. जगेन्द्र नारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टी हुँदै महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा सहअध्यक्ष थिए ।

राजपा गठनपछि वरीयताक्रमबारे असन्तुष्टि जनाएका त्रिपाठीले स्वतन्त्र विचार समूह गठन गरेका थिए । उनीसँगै राजपाका महामन्त्री बृजेश गुप्तालगायतका नेताहरु बाहिरिएका थिए । उनको समूहबाट उनीसहित दुई जना प्रतिनिधिसभा सदस्य र केही प्रदेश सभा सदस्यले चुनाव जितेका थिए ।