काठमाण्डु – ह्वावे नेपाललाई राष्ट्रिय आईसीटी पुरस्कार-२०२१ प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री, पर्वत गुरुङले ह्वावे नेपाललाई राष्ट्रिय आईसीटी पुरस्कार-२०२१ निजी क्षेत्र पुरस्कार प्रदान गरेका हुन् । उक्त पुरस्कार ह्वावे नेपालका सीईओ विलियम झांगलाई प्रदान गरिएको हाे ।
आइतबार सिंहदरबारमा राष्ट्रिय आईसीटी पुरस्कार २०२१ सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल रुपमा सहभागी भएका थिए भने सञ्चार तथा सूचना प्रविधि मन्त्री पर्वत गुरुङ, संचार र सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्याल, विभिन्न संस्थाका प्रतिनिधिहरु र अन्य विशेष अतिथिहरु कार्यक्रममा भौतिक रुपमा सहभागी भएका थिए । प्रधानमन्त्री ओलीले कार्यक्रमका विजेताहरूलाई नेपाल आईसीटी क्षेत्रमा गरेको प्रयास र योगदानको सराहना गर्नुका साथै बधाई समेत दिए ।
यस्तै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न सहयोग पु¥याउन सूचना र सञ्चार प्रविधिको व्यापक उपयोग, निरन्तर विकास, विस्तार र गतिशीलता बढाउनु पर्नेमा समेत जाेड दिए । उनले निजी क्षेत्र, सेवा प्रदायक र आइसीटीका अन्य सरोकारवालाहरूसंग समन्वित सहयोग र साझेदारीको लागि अनुरोध समृत गरेका छन् ।
हामी आईसीटीको नयाँ युगमा प्रवेश गरिसकेका छौं र हामी सबै नेपालीलाई इन्टरनेट र अन्य आईसीटी सेवाहरू उपलब्ध गराउन काम गरिरहेका छौं संञ्चारमन्त्री गुरुङले भने,। उनले थपे, फोर जी सेवाहरु सबै ७७ जिल्लाहरुमा उपलब्ध छ र सरकारले नेपालमा फाइभ जी को परीक्षण पनि शुरु गरिसकेको छ । उनले ह्वावे नेपाल लगायत अन्य विजेतालाई पनि पुरस्कारका लागि बधाई दिए र आईसीटी क्षेत्रमा उनीहरूको योगदानका लागि धन्यवाद दिए।

यस्तो प्रकारको राष्ट्रिय आईसीटी पुरस्कार २०२१ यस क्षेत्रका लागि सरकारले आयोजना गरेको पहिलो हो । यो कार्यक्रम राष्ट्रिय सूचना र सञ्चार प्रविधि दिवसको दिन हुँदै आएको लगातार चौथो वर्ष हो र यो दिन आईसीटी क्षेत्रमा सबै भन्दा उत्कृष्ठहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरीयो । यस पुरस्कारले सम्पूर्ण रूपमा डिजिटल नेपाललाई सफल बनाई नेपालमा आईसीटी क्षेत्रको विकासलाई प्रचार र प्रोत्साहन गर्ने अपेक्षा गरेको छ ।
पछिल्ला २१ बर्षदेखि ह्वावेले नेपालको आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । नेपालमा टेलिकम अपरेटरहरुसँगको संयुक्त प्रयासबाट ह्वावेले टूजी,थ्रीजी,फोरजी प्रविधि नेपालमा ल्यायो र देशभर हिमालदेखि तराईसम्म कनेक्टिभिटी पु¥याएको छ ।
कनेक्टिभिटी निर्माणको अलावा ह्वावेको आईसीटी प्रविधि र इकोसिस्टमले सरकारबाट वित्तीय संस्था, एयरलाइन्स, इन्टरनेट सेवा प्रदायक, मिडिया आदिमा विभिन्न क्षेत्रका संस्थाहरूलाई सहयोग गरिरहेको ह्वावेले जनाएको छ । नेपालमा ह्वावेले सधैं आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको कदर गर्दछ ।
कार्यक्रमका विजेताहरू :
राष्ट्रिय आईसीटी उत्कृष्टता पुरस्कार – २०२१ – श्री सुधीर पराजुली (अभ्यक्ष सुबिसु केबलनेट)
राष्ट्रिय आईसीटी उत्कृष्टता पुरस्कार २०२१ (महिला) – सुश्री कुसुम लामा (उपाध्यक्ष, प्रभु समूह)
राष्ट्रिय आईसीटी पुरस्कार – २०२१ (निजी क्षेत्र) – ह्वावे नेपाल
राष्ट्रिय आईसीटी पुरस्कार – २०२१ (सार्वजनिक क्षेत्र) – महालेखा परीक्षकको कार्यालय




प्रतिक्रिया