ह्वावेको ‘आईसीटी अवार्ड २०२०’ सम्पन्न, के–के पाउँछन् विजेताले पुरस्कार ?

ह्वावेको ‘आईसीटी अवार्ड २०२०’ सम्पन्न, के–के पाउँछन् विजेताले पुरस्कार ?


काठमाण्डु – ह्वावे ‘आईसीटी अवार्ड २०२०’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । शनिबार सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको ह्वावे ‘आईसीटी अवार्ड २०२०’ ले विभिन्न १२ बिधाहरुमा विजेताहरुलाई सम्मान गरेको थियो ।

सीमित प्रतियोगी र अतिथिहरुको सहभागितामा आयोजना गरिएको यो कार्यक्रम नेपाल टेलिकम र जेनेस सोलुसनको सहयोगमा ह्वावे नेपालद्वारा प्रायोजित, साथै नेपाल दूरसञ्चार प्राधिकरणद्वारा समर्थित र फोनेपेद्वारा संचालन गरिएको थियो ।

कार्यक्रममा संचार र सूचना प्रविधिमन्त्री पर्वत गुरुङ, पूर्व विज्ञान, र प्रविधिमन्त्री गणेश शाह, संचार र सूचना मन्त्रालयका सचिव हरि बस्याल र अन्य विशेष अतिथिहरूको उपस्थिती रहेको थियो ।

सो क्रममा मन्त्रीपर्वत गुरुङले निजी तथा सार्वजनिक लगायत सबै क्षेत्रलेसँगै मिलेर काम गरी आईसीटी क्षेत्र निर्माण र बृद्धि गर्न आवश्यक रहेको बताएका थिए । उनले प्राबिधिक विज्ञहरूको सूची तयार गरेर सरकार प्रविधि विस्तार गर्न र डिजिटल नेपाल अभियानलाई सफल बनाउन चाहेको बताए ।

प्रविधिीमन्त्री गणेश शाहले नेपाल सरकारले डिजिटल नेपालको फ्रेमवर्क पास गरिसकेको भन्दै आईसीटी अवार्ड जस्ता कार्यक्रम सो लक्ष्यसम्म पुग्नका लागि राम्रो प्लेटफर्म भएको बताए । संचार र सूचना मन्त्रलायका सचिवहरि बस्यालले आयोजक टोलीप्रति र आईसीटी क्षेत्रमा योगदान पुर्‍याउने कार्यक्रमका सहभागीप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

‘ह्वावे आईसीटी अवार्ड २०२०’ १२ विभिन्न बिधाहरूमा प्रस्तुत गरिएको थियो । ह्वावे आईसीटी अवार्ड२०२० को विभिन्न बिधाहरू मध्ये स्टार्टअप आईसीटी अवार्ड्स, प्रोडक्ट आईसीटी अवार्ड्स, राइजिंग स्टुडेन्ट आईसीटी अवार्ड र एनसेल इनोभेसन आईसीटी अवार्ड्समा चयन भएपछि घोषणा गरिएको थियो ।

डिजिटल एजुकेसन, डिजिटल गवर्नेन्स आईसीटी अवार्ड्स पायनियर आईसीटी अवार्ड, उद्यमीआईसीटी अवार्ड्स, नेपाली डायस्पोरा आईसीटी अवार्ड, महिलाआइकन आईसीटी अवार्ड र मिडिया पर्सन आईसीटी अवार्ड २०२० का विजेताहरु पनि घोषणा गरिएको थियो । आयोजक समिति, जूरी र सल्लाहकार समितिले कार्यक्रमलाई सफल बनाउन अथक प्रयास गरेको थियो ।

विभिन्न बिधाहरूका लागि विजेता र पुरस्कारको नाम निम्नानुसार छन्:

स्टार्टअप आईसीटी अवार्ड – क्रीप्टोजेन नेपाल प्रा. लि.

प्रोडक्टआईसीटी अवार्ड – सीपीएफडीएस एण्ड केवाइसी व्यवस्थापन

राइजिंग स्टुडेन्ट आईसीटी अवार्ड – सन्चै छौं

एनसेल इनोभेशनआईसीटी अवार्ड – पाइलाइमर्जेन्सि रीससिटेटर

डिजिटलएजुकेसनअवार्ड – बुढानीलकण्ठ स्कूल

डिजिटल गवर्नेन्स आईसीटी अवार्ड – आन्तरिक राजस्व विभाग

पाइनियर आईसीटी अवार्ड – नीलकण्ठ उप्रेती

उद्यमीआईसीटी अवार्ड – विनय बोहरा

नेपाली डायस्पोरा आईसीटी अवार्ड – गौरवराज उपाध्याय

महिलाआइकनआईसीटीअवार्ड – तिमिला यामी थापा

मिडिया पर्सन आईसीटी अवार्ड – किरण आचार्य

जूरी मेन्सन आईसीटी अवार्ड – हाम्रो स्वास्थ्य

पुरस्कार विजेताहरूले के पाउँछन् ?
ह्वावे आईसीटी अवार्ड २०२० का विजेताहरूले विशेष सम्मान, शिल्ड र थप सेवाहरु प्राप्त गर्नेछन् । यस बर्ष स्टार्टअप आईसीटी अवार्ड, प्रोडक्ट आईसीटी अवार्ड, राइजिंग स्टुडेन्ट आईसीटी अवार्ड र इनोभेशन ड्रीभेन क्राइसिस रेस्पन्स आईसीटी अवार्ड २०२० को विजेतालाई नेपाल सरकारको स्टार्टअप कोष अन्तर्गत ५० लाखको सहुलियत ऋण सुविधा प्रदान गरिने छ ।

बैंकिंग साझेदार राष्ट्रिय वाणिज्य बैंकले १० लाख सम्मअनाधिकृत सहुलियत ऋण सुविधा प्रदान गर्नेछ । इनोभेशन ड्रीभेन क्राइसिस रेस्पान्स आईसीटी अवार्डका विजेताले एनसेल मार्फत विशेष नगद पुरस्कार (३००,०००) प्राप्त गर्नेछन् ।

एसोसिएसनमा रहेको नेपाल टेलिकमले एक बर्षका लागि सबै विजेताहरूलाई उच्च स्पीडको ‘फाइबर टु द होम’ सेवा प्रदान गर्ने छ । ह्वावे नेपाल– शीर्ष प्रायोजकले टप ५ लाई निःशुल्क क्लाउड सेवाहरु प्रदान गर्नेछ र जेनेस सोलुसन्सले ५,००० डलर मूल्यको अमेजन वेब होस्टिंग सेवा विजेताहरुलाई प्रदान गर्नेछ । इ–सेवाले उनीहरूको व्यवसायएकीकरण र प्रमोशनमा निःशुल्क सहयोग गर्नेछ ।

साइबर सुरक्षा पार्टनर एमिनेन्स वाइजले साइबर सुरक्षाको लागि आवश्यक सर्पोट प्याकेजहरू प्रदान गर्नेछ । थप रूपमा विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्नेछ ।

ह्वावेले सबै विजेताहरूलाई बधाई दिदै, आईसीटी अवार्डको टीमलाई आईसीटी क्षेत्रलाई प्रोत्साहित गर्न मिलेर काम गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।