ह्वावे नेपालद्धारा ट्याक्स कम्प्लायन्स सर्टिफिकेट अफ एप्रिसियसन प्राप्त


काठमाण्डु – ह्वावे नेपालले ट्याक्स कम्प्लायन्स काटोगोरी अन्तर्गत सर्टिफिकेट अफ एप्रिसियसन प्राप्त गरेको छ । बुधबार ह्वावे नेपालले ठूला करदाताको कार्यालयमा “उत्कृष्ट ट्याक्स कम्प्लायन्स” काटोगोरी अन्तर्गत “सर्टिफिकेट अफ एप्रिसियसन” प्राप्त गरेको हाे ।

प्रमुख कर प्रशासक राजेश्वर ज्ञवालीले आइआरडी अन्तर्गत एलटीओका सबै प्रमुख कर अधिकारी र ह्वावे नेपाल कार्यालयका सीएफओ चार्ल्स लु चाओचुन र कर प्रबन्धक रविकुमार साहको उपस्थितिमा ह्वावे नेपालका सीइओ विलियम चाङ्लाई सर्टिफिकेट अफ एप्रिसियसन हस्तान्तरण गरे ।

एलटीओ प्रमुख राजेश्वर ज्ञवालीले भन्नुभयो, “ह्वावे नेपाललाई सर्टिफिकेट अफ एप्रिसियसन प्रदान गर्न पाउँदा खुसी छ र हामी बहुराष्ट्रिय कम्पनीले नेपालमा लगानी गरेकोमा र स्थानीय कानून र नियमहरूको पूर्ण पालना गरेकोमा प्रशंसा गर्दछौं ।”

यस सम्बन्धमा ह्वावे नेपालका सीइओ विलियम चाङ्ले भने, “विश्वव्यापी अग्रणी आइसीटी सोलुसन प्रदायकको रूपमा ह्वावे हरेक क्षेत्रमा अनुपालन गर्न प्रतिबद्ध छ । त्यसैले ह्वावे नेपाल कार्यालयले नियम–कानुन पालना गरी नियमित कर तिर्दै आएको छ । हामी एलटीओबाट ‘सर्टिफिकेट अफ एप्रिसियसन’ प्राप्त गर्न पाउँदा खुसी छौं र
यसले हामीलाई अगाडि बढ्न उत्प्रेरित गर्नेछ ।”

विगत २२ वर्षदेखि ह्वावेले आइसीटी उद्योगको विकासका लागि नेपाल सरकार र विभिन्न साझेदारहरूसँग काम गर्दै आएको छ । स्थानीय कानून र नियमहरूको पालना गरेर र विश्वव्यापी प्रविधि उपलब्ध गराएर ह्वावेले देशको सम्पूर्ण आइसीटी उद्योगमा अन्ततः सफलता थप्दै दिगोपनलाई निरन्तरता दिइरहेको छ । यी सबै कारकहरूले

ह्वावेलाई यस पटक उत्कृष्ट कर अनुपालन कम्पनीको लागि विजयी स्थान जित्दै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । कर दिवसको उपलक्ष्यमा ठूला करदाता कार्यालयले करदाताको नियम पालना गरेकोमा प्रशंसा गर्न एक समारोहको आयोजना गरेको हो । एलटीओ ह्वावे नेपाल कार्यालयबाट करिब ६०० करदाताहरू मध्ये आइआरडी को निर्देशनमा गठित समितिले उत्कृष्ट कर अनुपालनको लागि प्रशंसा गरेको छ ।

ह्वावेको बारेमा ह्वावे सूचना र सञ्चार प्रविधि आइसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी विश्वव्यापी प्रदायक हो । चार प्रमुख डोमेनहरू – टेलिकम नेटवर्क, आइटी, स्मार्ट उपकरण र क्लाउड सेवाहरूमा एकीकृत सोलुसनहरूको साथ – ह्वावे पूर्ण रूपमा कनेक्टेड भएको, इन्टेलिजेन्ट संसारको लागि प्रत्येक व्यक्ति, घर र संगठनमा डिजिटल ल्याउन प्रतिबद्ध छ ।

ह्वावेको उत्पादन, सोलुसन र सेवाहरूको एण्ड-टु-एण्ड पोर्टफोलियो प्रतिस्पर्धी र सुरक्षित दुवै छन् । इकोसिस्टम साझेदारहरूसँग खुला सहकार्यमार्फत ह्वावेले हाम्रा ग्राहकहरूका लागि दिगो भ्यालु सिर्जना गर्छ, मानिसहरूलाई सशक्तिकरण गर्न, घरेलु जीवनलाई समृद्ध बनाउन र सबै आकारप्रकारका संस्थाहरूमा इनोभेसनलाई प्रेरित गर्ने काम गर्दछ ।

ह्वावेमा इनोभेसन ग्राहकका आवश्यकताहरुमा केन्द्रित छन् । ह्वावेले संसारलाई अगाडि बढाउने प्राविधिक सफलताहरूमा ध्यान केन्द्रित गर्दै आधारभूत अनुसन्धानमा ठूलो लगानी गर्दछ । यसको १,९७,००० भन्दा बढी कर्मचारीहरू छन् र १७० भन्दा बढी देश र क्षेत्रहरूमा सञ्चालन गर्दछ । १९८७ मा स्थापित ह्वावे एक निजी कम्पनी हो जहाँ पूर्ण स्वामित्व कर्मचारीहरूको छ ।

स्थानीय अग्रणी विश्वव्यापी आइसीटी सोलुसन प्रदायकको रूपमा ह्वावेले विगत २२ वर्षदेखि आइसीटी उद्योग, टेलिकम अपरेटरहरू र स्थानीय साझेदारहरूसँग मिलेर ‘डिजिटल नेपाल’ को सपना पूरा गर्नका लागि जनतालाई प्राविधिक फाइदा पुर्‍याएर समाजमा योगदान पुर्‍याउँदै विभिन्न सीएसआर कार्यक्रमसंग काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement