ह्वावेले महामारीको समयमा बंगलादेश र नेपालसहितका ग्राहकसंग निकटमा रही काम गर्दै

ह्वावेले महामारीको समयमा बंगलादेश र नेपालसहितका ग्राहकसंग निकटमा रही काम गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ह्वावेले आफ्ना ग्राहक र साझेदारहरुसंग काम गरीरहेको जनाएको छ । ह्वावेले पहिले भन्दा नजिकबाट ग्राहक र साझेदारहरुसंग काम गरीरहेको जनाएको हो । शनिबार डार्विन हलको एक भर्चुअल कार्यक्रम गरेको थियो जहाँ उक्त संस्थाले ग्लोबल आइसीटी क्षेत्रमा हालसालै भएको विकास र यसमा ह्वावेको योगदानलाई प्रदर्शन गरेको थियो । बंगलादेश र नेपाल जस्ता राष्ट्रहरूले यो गतिलाई निरन्तरता दिन उल्लेखनीय प्रगति भएको देखाएको छ ।

अग्रणी सूचना तथा सञ्चार प्रविधि आइसीटी सोलुसन र सेवा प्रदायक ह्वावेले आज डार्विन हलको एक भर्चुअल भ्रमण आयोजना गरेको थिया जहाँ उक्त संस्थाले ग्लोबल आइसीटी क्षेत्रमा हालसालै भएको विकास र यसमा ह्वावेको योगदानलाई प्रदर्शन गरेको थियो ।

सम्बोधनको क्रममा,भीपीले भने , “२०२० को वर्ष सबैको लागि गाह्रो थियो । तर प्रविधिले महामारीको बिरूद्ध लड्न र आर्थिक रिकभरीलाई तीव्र पार्न गम्भिर भूमिका खेलेको छ । यी चुनौतीहरूको सामना गर्दै ह्वावेले पहिले भन्दा अधिक नजिकबाट हाम्रो ग्राहक र साझेदारहरुसंग काम गरीरहेको छ ।

उक्त आयोजनामा बंगलादेश र नेपालका पत्रकारहरू साथसाथै ह्वावेका उच्च अधिकारीहरूले पनि भाग लिएका थिए । ह्वावे एशिया प्रशान्तका उपाध्यक्ष जे चेनले अतिथिहरुलाई स्वागत समेत गरेका थिए । डिजिटाइजेसनबाट सिर्जित प्राविधिक प्रगतिहरू जस्तै फाइभ जी टब स्मार्ट म्यानुफ्याक्चरिंग, स्मार्ट पुलिस, स्मार्ट पोर्ट, स्मार्ट सिटी र आटीएन अल्ट्रा–फास्ट फाइनन्सियल प्राईभेट लेन टुरको बखत प्रदर्शन गरिएको थियो ।

तीव्र डिजिटल रूपान्तरणबाट गुज्रिरहेको देश नेपाल दक्षिण एसियाली क्षेत्रमा थ्री जी युगमा टेलिकम क्षेत्रका लागि अग्रणी स्थानमा रहेको थियो । त्यसैले, एक पटक नेपालले फाइभ जी क्लब प्रवेश गर्न सुरु गरिसकेपछि यसले नेपालको सम्पूर्ण टेलिकम उद्योगलाई बढी विश्वास दिनेछ । यद्यपि नेपाल सरकारव्दारा  फाइभ जी नेटवर्कको कमर्सियल शुरुवात गर्नका लागि स्टान्र्डड रेगुलेसन, फ्रिक्वेन्सी आईडेन्टिफिकेसन, रोल आउट प्लान इत्यादि सम्बन्धी अनुसन्धान, अध्ययन र तयारीको आवश्यकता बढी हुनेछ ।

“ह्वावेले यो वास्तविक जिम्मेवारी लिन र देशहरुलाई स्टेट–अफ–दि–आर्ट प्राविधिक सहयोगको लागि, निरन्तर र निर्बाध रूपान्तरणको लागि, एक देखि अर्को स्तरको प्रविधिद्वारा संचालित विकासको लागि आफ्नो सिमा भन्दा नाघेर गएको  जे चेनले बताए।