ह्वावेको आयोजनामा बुधबार ‘डिजिटल ट्यालेन्ट समिट’ हुँदै

ह्वावेको आयोजनामा बुधबार ‘डिजिटल ट्यालेन्ट समिट’ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इण्डोनेशिया – आसियन फाउन्डेशनसँगको सहकार्यमा ह्वावेले बुधबार एसिया प्यासिफिक इनोभेसन डे– ‘डिजिटल ट्यालेन्ट समिट २०२१’ आयोजना गर्ने भएको छ । समिटमा इन्डोनेसिया, थाइल्याण्ड, कम्बोडिया, मलेसिया, फिलिपिन्स, श्रीलंका लगायत देशका डिजिटल क्षेत्रसँग सम्बन्धित नीति निर्माता, अनुसन्धानकर्मी र विशेषज्ञ सहभागी हुनेछन् ।

सो अवसरमा आसियान, युनेस्को, अन्तर्राष्टिय दूरसञ्चार संघ, ली कुआन यू स्कूल अफ पब्लिक पोलिसी र म्याक्सिस कम्युनिकेसनका वक्ताबीच ‘डिजिटल ट्यालेन्ट एज कि टु सस्टेनेबल रिकभरी एण्ड डेभ्लपमेन्ट’ शीर्षकमा छलफल हुने ह्वावेले जनाएको छ । आसियान फाउण्डेशनका कार्यकारी निर्देशक डा.याङ मी इङ्गलशिया प्यासिफिक क्षेत्रमा दिगो विकास प्रतिभा र इकोसिस्टमको सृजना गर्न अगाडी सोच्ने नीति निर्माण र बलियो साझेदारी आवश्यक रहेको बताए ।

‘एशिया प्यासिफि क्षेत्रमा दिगो प्रतिभा विकास इकोसिस्टमको सृजना गर्न अगाडि सोच्ने नीति निर्माण र बलियो पब्लिक–प्राइभेट साझेदारी आवश्यक छ । एक अनुकूल सिक्ने इकोसिस्टमले डिजिटल ट्यालेन्टहरूको पुस्तालाई जोगाउन मद्दत गर्नेछ जसले कुनै दिन यस क्षेत्रको डिजिटल भविष्यको नेतृत्व गर्नेछ, ‘ कार्यकारी निर्देशक डा. याङ मी इङ्गले भने ।

यस समीटको सह–आयोजकको रूपमा रहेको ह्वावेले यही जुलाईमा सिड्स फर दि फ्युचर प्रोग्राम २.० बारे घोषणा गरेको थियो । जसमार्फत यस कम्पनीले आगामी पाँच वर्षमा डिजिटल प्रतिभा विकासमा ४१५० मिलियन लगानी गर्ने योजना बनाएको छ । यस कार्यक्रमले विश्वव्यापी रूपमा ३ मिलियन भन्दा बढी थप व्यक्तिहरूलाई लाभान्वित हुने अपेक्षा गरिएको छ ।