काठमाण्डु – ह्वावेलेले गत वर्ष २०२१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनअनुसार २०२१ मा ह्वावेले ६३६.८ अर्ब युआन राजस्व संकलन गरेको देखिएको छ ।
सो वर्ष कम्पनीले ११३.७ अर्ब युआन नेट प्रोफिट (खुद नाफा) कमाएको छ । जुन वार्षिक ७५.९५ ले बढेको हो । २०२१ मा कम्पनीको अनुसन्धान र विकास खर्च १४२.७ अर्ब युआन पुगेको छ । जसले यसको कुल राजस्वको २२.४ प्रतिशत प्रतिनिधित्व गर्दछ र विगत १० वर्षमा यसको कुल अनुसन्धान र विकास खर्च ८४५ अर्ब युआनभन्दा बढी भएको छ ।
त्यसैगरी, कम्पनीले अनुसन्धान र विकासमा निरन्तर लगानी बढाउने योजना पनि बनाएको छ । ‘समग्रमा, हाम्रो कार्यसम्पादन पूर्वानुमानअनुरूप थियो । हाम्रो क्यारियर व्यवसाय स्थिर रह्यो, हाम्रो इन्टरप्राइज व्यवसायले स्थिर वृद्धि हासिल गर्यो र हाम्रो उपभोक्ता व्यवसाय चाँडै नयाँ डोमेनहरूमा विस्तार भयो। साथै, हामी इकोसिस्टम विकासको फास्टट्रयाकमा लागेका छौँ,’ ह्वावेका रोटेटिङ अध्यक्ष गुओ पिङले पत्रकार सम्मेलनमा भने ।
ह्वावेकी सीएफओ मेंग वान्जोउले २०२१ मा राजस्वमा कमी आए पनि नाफा कमाउने र नगद प्रवाह उत्पन्न गर्ने क्षमता बढ्दै गइरहेको बताइन् । उनले आफुहरु अनिश्चितताको सामना गर्न अझ सक्षम रहेको बताइन् ।
यसका प्रमुख व्यवसायहरूको बढेको नाफाका कारण सञ्चालन गतिविधिहरूबाट कम्पनीको नगद प्रवाह २०२१ मा ५९.७ अर्ब युआनले अदभुत रूपमा बढेको छ । यसको दायित्वहरुको अनुपात पनि ५७.८ प्रतिशतमा झरेको छ र यसको समग्र वित्तीय संरचना थप बलियो र लचिलो भएको छ ।
२०२१ मा हुवावेको क्यारियर व्यवसायले २८१.५ अर्ब राजस्व उत्पन्न गरेको थियो र विश्वभरका क्यारियरहरूलाई अग्रणी ५जी नेटवर्कहरू प्रयोग गर्न मद्दत गरेको छ। तेस्रो पक्ष परीक्षण परिणामहरूले पत्ता लगाएको छ कि हुवावेद्वारा स्विट्जरल्याण्ड, जर्मनी, फिनल्याण्ड, नेदरल्याण्ड, दक्षिण कोरिया र साउदी अरेबिया लगायत १३ देशहरूमा ग्राहकहरूको लागि निर्मित ५जी नेटवर्कहरूले उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
क्यारियर र र्पाटनरहरूसँग काम गरेर ह्वावेले औद्योगिक ५जी एप्लिकेसनहरूको लागि ३,००० भन्दा बढी व्यावसायिक सम्झौताहरू हस्ताक्षर गरेको छ । यी प्रकारका ५जी एप्लिकेशनहरू हाल उत्पादन, माइन, फलाम र स्टिल प्लान्ट, र्पोट र अस्पतालहरू जस्ता क्षेत्रहरूमा ठूलो मात्रामा व्यावसायिक प्रयोग देखिरहेका छन् ।
निरन्तर डिजिटल रूपान्तरण प्रवृतिका कारण २०२१ मा १०२.४ अर्ब युआन राजस्व उत्पन्न गर्दै ह्वावेको उद्यम व्यवसाय पनि द्रुत गतिमा बढेको थियो। गत वर्ष ह्वावेले सरकार, यातायात, वित्त, ऊर्जा र निर्माण जस्ता प्रमुख क्षेत्रहरुका लागि ११ परिदृश्य(आधारित सोलुसनहरू सुरु गरेको थियो ।
कम्पनीले कोल माइन टिम, स्मार्ट रोड टिम र कस्टम र पोर्ट टिम सहित धेरै समर्पित टिमहरू पनि स्थापना गरेको थियो जसले आफ्ना ग्राहकहरूको अझ प्रभावकारी रूपमा सेवा गर्ने तरिकामा स्रोत संयोजन गर्दछ। सात सयभन्दा बढी सहर र २६७ फर्च्युन ग्लोबल ५०० कम्पनीहरूले हुवावेलाई आफ्नो डिजिटल रूपान्तरण साझेदारको रूपमा रोजेका छन् र हुवावे अहिले विश्वभर ६ हजारभन्दा बढी सेवा र सञ्चालन साझेदारहरूसँग काम गर्दछ।
हुवावेको उपभोक्ता व्यवसायले उपभोक्ताको चाहना र आवश्यकतालाई विशेष ध्यान दियो जसले कम्पनीको विश्वभरका उपभोक्ताहरूका लागि सिमलेस एआई लाइफ रणनीतिको एक भागको रूपमा, स्मार्ट, अल–कनेक्टेड युगको लागि विश्वव्यापी इकोसिस्टमको निर्माण गरेको कम्पनीको भनाइ छ ।
यो व्यवसायले २०२१ मा २४३.४ अर्ब युआन राजस्व उत्पन्न गरेको थियो र स्मार्ट वेरेबल, स्मार्ट स्क्रिन, ट्रु वायरलेस स्टेरियो (टीडब्ल्यूएस) इयरबडहरू र हुवावे मोबाइल सेवाहरू (एचएमएस) मा स्थिर रुपमा बिक्री वृद्धि जारी राखेको छ ।
विशेष गरी, स्मार्ट वेरेबल र स्मार्ट स्क्रिन सेग्मेन्ट दुबैले ३० प्रतिशत बढी वार्षिक वृद्धि देखेको थियो । कुल मिलाएर २०२१ सम्म हार्मोनीओएस २२ करोड हुवावे उपकरणहरूमा प्रयोग भएको थियो जुन संसारको सबैभन्दा छिटो बढिरहेको मोबाइल उपकरण अपरेटिङ सिस्टम बन्न पुगेको छ ।
गत वर्ष ह्वावेले खुला सहयोग र साझा वृद्धिका सिद्धान्तहरूमा आधारित आफ्नो ओपनयुलर, माइन्डस्पोर र हार्मोनीओएस इकोसिस्टमहरू निर्माण गर्नमा पनि ध्यान केन्द्रित गरेको थियो । ८० लाखभन्दा बढी विकासकर्ताहरूले हाल ह्वावेको खुला प्लेटफर्महरू, खुला स्रोत सफ्टवेयर र विकास उपकरणहरू, नयाँ व्यापार सिनारियोहरू र व्यापार मोडेलहरू अन्वेषण गर्न प्रयोग गरिरहेका छन् ।
गुओले भने, ‘अगाडि बढ्दै जाँदा हुवावेले डिजिटलाइजेसन, इन्टेलिजेन्ट रूपान्तरण र लो कार्बनको आफ्नो यात्रालाई अगाडि बढाउनेछ। प्रतिभा, वैज्ञानिक अनुसन्धान र एक इनोभेटिभ भावनामा भर पर्दै हामीले आधारभूत सिद्धान्त, आर्किटेक्चर, सफ्टवेयर र हाम्रो दीर्घकालीन प्रतिस्पर्धा निर्माणलाई पुनः आकार दिन लगानीलाई निरन्तर वृद्धि गर्नेछौँ ।’




प्रतिक्रिया