एजेन्सी – ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले पहिलेका जेनेरेसनले धेरै घरहरू र अरबौं व्यक्तिहरू कनेक्ट गर्ने उद्देश्य राखेको बताएका छन् । तर उनले फाइभ जीको युगमा व्यवसायहरूलाई कनेक्ट गर्नु मुख्य लक्ष्य भएको बताएका छन् ।
उनले एयरपोर्ट, पोर्ट, कोइला खानी, फलाम र स्टील उत्पादन, अटोमोटिभ निर्माण र विमान निर्माण जस्ता धेरै उद्योगहरूसंग आफुहरु त्यति परिचित नभएका कारण यी उद्योगहरूको आवश्यकताहरूको बारेमा बढि जान्नको लागि संयुक्त प्रयोगशालाहरू बनाएको बताएका छन् ।
उनले शांसीमा रहेको इन्टेलिजेन्ट माइनिङ इनोभेसन प्रयोगशालाले फाइभ जी को प्रयोग गरेर खानीका लागि अझ राम्रो सेवाहरू प्रदान गर्ने बताएका छन् । ल्याबमा २२० विज्ञहरु कार्यरत रहेको उनले बताएका छन् र ती मध्ये ५३ जना ह्वावेबाट आएका हुन् ।
ह्वावेका यी विज्ञहरु मध्ये धेरै इलेक्ट्रोनिक्स टेक्नोलोजीमा विशेषज्ञ छन् । यसैगरी, त्यहाँ शांसीका १५० भन्दा बढी कोल माइनिङ विज्ञहरू पनि छन् जसलाई उद्योगको विस्तृत जानकारी छ । हामीले यो संयुक्त प्रयोगशाला स्थापना गरेका छौं र एक सह–नेतृत्व संयन्त्र अपनाएका छौं, जहाँ कोइला उद्योगका लिडरहरूसंग खानीको पक्षमा बोल्नलाई धेरै छ भने ह्वावेलिडरहरूसंग विद्युतीय पक्षमा बोल्न धेरै छ ।
सिन्हुआ समाचार एजेन्सीले ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईसँग गरेको कुराकानी:
तपाईं आज बिहान प्रयोगशालाको उद्घाटन समारोहमा हुनुहुन्थ्यो । के ह्वावेले विविधीकरण प्राप्त गर्न यसको मुख्य व्यवसाय विस्तार गर्ने कोशिस गरिरहेको छ र के यसले संचालनगर्ने प्रत्येक उद्योगमा अद्वितीय फाइदाहरू सिर्जना गर्न सक्दछ? तपाईलाई के लाग्छ, भविष्यमा कोइला खानीमा कामदारहरूका लागि आदर्श काम गर्ने वातावरण हुनेछ ?
सबैभन्दा पहिले, हामी हाम्रो मुख्य व्यापार विस्तार गर्दैनौं। कोलमाइनिङका लागि हामीले प्रदान गर्ने आधारभूत प्लेटफर्म भनेको हामीले फलाम र स्टिलकारखाना, पोर्ट र एयरपोर्टहरूको लागि प्रदान गर्ने उस्तै हो।बिभिन्न उद्योगहरूको लागि फाइभ जी अनुप्रयोगहरू फरक फरक हुन्छन् तर प्राय जसो टेक्नोलोजी उस्तै हुन्छन् । त्यसैले, हाम्रो मुख्य लक्ष्य भनेको विभिन्न उद्योगहरूमा इलेक्ट्रोनिक, सफ्टवेयर र कम्प्युटिङ प्रणालीको अवलम्बन बढाउनु हो।कोइला खानीहरू कसरी काम गर्दछन् भन्ने अन्तर्दृष्टि द्वारा संचालित हाम्रो इलेक्ट्रोनिक र सफ्टवेयर प्रणालीहरूले खानीहरूका लागि उत्कृष्ट अनुप्रयोगहरू र सेवाहरू प्रदान गर्न सक्षम हुनेछ । र यदि हामी कोइला खानीहरूको लागि उत्कृष्ट सेवाहरू प्रदान गर्न सक्दछौं भने, जसरी माइक्रोसफ्टले विमान इञ्जिनहरूलाई सहयोग पु¥याउन सूचना सेवाहरू प्रदान गरिरहेको छ, हामीले पनि एउटा उत्कृष्ट सेवा मोड्युल सिर्जना गरिसकेका हुन्थ्यौं । माइक्रोसफ्टले विमान इञ्जिनहरू बनाउन सुरु गर्ने छैन र हामी माइनिङ सुरू गर्न जाँदैनौं।
हाम्रो भूमिका भनेको कोइला उद्योगमा स्टाफ कम गर्ने र मानव रहित सञ्चालनहरू बढाउने हो ताकि उनीहरूको कामलाई सुरक्षित र अधिक सक्षम बनाउन मद्दत पुगोस् । हामी यो कार्य पूर्ण रूपमा मेकनाइज्ड र इन्टेलिजेन्ट माइनिङ परिदृश्यमा कर्मचारीलाई ६०५ले घटाएर र माइनिङमा जाने श्रमिकहरूको संख्या प्रत्येक पालीलाई १०५ बाट २०५सम्म कम गर्न सहयोग गर्नेछौं। कोइला उद्योगले हाम्रो इलेक्ट्रोनिक प्रणालीलाई स्वागत गर्दछ । यस उद्योगलाई समर्थन गरेर हामी हाम्रो व्यवसाय बढाउन सक्दछौं र खानीहरूमा अझ बढी कुशल र सुरक्षित उत्पादनलाई समर्थन गर्न सक्दछौं।हामी कोइला खानीका कामदारहरूलाई काममा सूट र टाईूलगाउन पनि सक्षम गर्न सक्छौं र शांसीमा खानीको मेशिनरी उद्योगलाई अगाडि बढाउन सक्छौं।
रेनज्यू, हामीसँग भेटघाट गर्नु भएकोमा तपाईंलाई धन्यवाद । खानी उद्योग बारे सुन्दा रोचक लाग्दैछ र हामी यसका बारे थप सुन्न तत्पर छौं।तर म अलि पछाडी जान चाहन्छु । मलाई थाहा भए अनुसार तपाईले विदेशी मिडियालाई भेट्नु भएको एक वर्ष भइसकेको छ । धेरै कुरा भइसकेको छ । हालसालै ह्वावेकोफोन सीपमेन्टको बारेमा खबर आएको छ र तपाईको फाइभ जी विस्तार को मामला यूरोप बाहिर तेती ठूलो नहुन सक्छ। म सोचिरहेको थिएँ यदि तपाई हामीलाई यो बताउन सक्नुहुन्छ कि तपाई एक बर्ष पहिले यी चुनौतीहरूको सामना गर्न सक्छुभनेर एकदम विश्वस्त हुनुहुन्थ्यो। के तपाईं अझै त्यतिनै विश्वस्त हुनुहुन्छ ? किअलि कम हुनुहुन्छ ? र किन पनि बताइदिनु हुन्छ ?
म ह्वावेको अस्तित्वलाई लिएर पहिले भन्दा अधिक विश्वस्त छु किनभने हामीसंग ती चुनौतिहरु पार गर्नको लागी धेरै तरिकाहरू छन् । हाम्रो बिक्री राजस्वर नाफा गत बर्ष भन्दा २०२० मा बढी थियो।यदि तपाईंसँग समय छ भने तपाईंले पोर्ट अफ निङ्बो, शेन्जेन एयरपोर्ट, दुबई अन्तर्राष्ट्रिय एयरपोर्ट र जर्मनीका अटोमोबाइल कारखानाहरूको भ्रमण गर्नुहोस्ताकितपाईले देख्न सक्नुहोस् हामीले कसरी फाइभ जी सेवाको प्रयोगले उनीहरुलाई बिकास गर्न मद्दत पुर्याइरहेका छौं । हामी अझै ठूलो संख्याको ग्राहकहरूको विश्वास जितिरहेका छौं।
हामीले नन्नीवान भन्ने कार्यक्रम पनि शुरु गरेका छौं । चीन बाहिरका मानिसहरूले सन्दर्भलाई बुझ्ननसक्लान् तर यो मूल रूपमा उत्पादनमा आत्मनिर्भरताको अवधारणासँग सम्बन्धित छ।यो कार्यक्रमको उद्देश्य कोल माइनिङ, फलाम र स्टिल र संगीत, साथै टिभी, कम्प्युटर र ट्याब्लेट जस्ता उत्पादन कोटिमा सफलता प्रदान गर्न मद्दतको गर्नु हो।
चिप आपूर्तिको अभावका कारण हाई–एन्ड फोनको हाम्रो ढुवानी घटेको छ । तर हामी एप्पलको आईफोन १२ द्वारा गरिएको प्रगतिलाई समर्थन गर्दछौं ।
आईफोन १२ ले १.८२ जीबीपीएसको डाउनलोड गति प्राप्त गर्न सक्षम भएको छ जसले गर्दा यो विश्वकै सर्वश्रेष्ठ बन्न पुगेको छ । युरोपका धेरै हाई–एन्ड उपकरणहरूले आईफोन प्रयोग गर्दछन् र युरोपमा हाम्रो नेटर्वोकमाती फोनहरू सञ्चालन हुनु वास्तवमा हामीले राम्रो गरिरहेको संकेत हो।हामीले विश्वका धेरै शहरहरूमा सब भन्दा राम्रो फाइभ जी नेटवर्कहरू निर्माण गर्न मद्दत गरेका छौंः बर्लिन, म्युनिक, म्याड्रिड, ज्यूरिख, जिनेभा, एम्स्टर्डाम, भियना, बार्सिलोना, सियोल, बैंकक, हङ कङ, रियाध… यूरोपमा हाम्रो नेटवर्क ग्लोबल नेटवर्क प्रदर्शन परिक्षणमा शीर्ष छ । हाई–एन्डका प्रयोगकर्ताहरूले आईफोन १२ लाई हाम्रो नेटवर्कमा मज्जाले प्रयोग गर्न सक्नु तथ्य हाम्रो नेटवर्कको गुणस्तरको प्रमाण हो । यसले युरोपमा ह्वावे प्रतिको विचार सन्तुलनमा राख्न मद्दत पुर्याइरहेको छ।
फाइभ जी अनुप्रयोगको कुरा गर्न पर्दा प्रायः आईसीटी कम्पनीहरूले माइनिङ क्षेत्रलाई बजारमा सफलता प्राप्त गर्न सक्ने रुपमा सोच्दैनन् तर हामीले गर्यौं । चीनमायस्तै ५,३०० कोइलाको खानी र २,७०० अयस्क खानी छन् । यदि हामी यी ८,०००ं खानीहरूलाई राम्रोसँग सेवा गर्न सक्यौं भने हामी हाम्रा सेवाहरू चीन बाहिरका खानीहरूमा विस्तार गर्न सक्छौं । फेरि पनि म तपाईंहरुलाई टियांजिन पोर्ट भ्रमण गर्न आमन्त्रित गर्दछु जहाँ हामीले लगभग मानव रहित लाडिंग र यातायात शुरु गर्न सहयोग गरेका छौं ।
मलाई आशा छ कि हामी खानी उद्योगमा उस्तै सफलता हासिल गर्न सक्षम हुनेछौं । मानव रहित माइनिङ क्यानाडा र रसियाका आर्कटिक क्षेत्रमा खानीहरूको लागि ठूलो महत्वको हुन सक्दछ । कडा परिवेशका कारण धेरै कम व्यक्तिहरू ती टुन्ड्रामा बस्न इच्छुक छन् । यसले त्यहाँका स्रोतको उपयोग सारै असक्षम बनाउँदछ । यदि हामीले मानव रहित माइनिङ मार्फत ती स्रोतहरूको उपयोग गर्न सक्यौं भने सम्पूर्ण विश्वलाई फाइदा हुनेछ । हामीले शांसीमा किन सुरू गर्ने छनौट गर्यौं? किनभने यस सम्बन्धमा शांसी सरकार निकै सक्रिय भएको थियो । यदि हामी शांसीमासफल भयौं भने हाम्रो अनुभव विश्वव्यापी रूपमा दोहोरिन सकिन्छ। त्यसैले, हो। हामी अझै पनि फोन बिक्रीमा निर्भर नभई पनि बाँच्न सक्छौं।
रेनज्यू, आज हामीसँग सामेल हुनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईलाई फेरि भेटेर खुसी लागेको छ । मैले सोध्न चाहेको के हो भने, जब तपाईले हामीसँग पछिल्लोपटक कुरा गर्नुभयोे, हामीले अमेरिकामा राष्ट्रपति पदको परिवर्तन देख्यौं र राष्ट्रपति बाइडेनले भनेका थिए कि उनले चीनमा कडा अडान लिई रहने छन् तर अलि बढी सहकारी पूर्ण हुनेछ। तपाई बाइडेन प्रशासनको लागि कसरी आन्तरिक रुपमा योजना बनाउँदै हुनुहुन्छ ? के तपाईं ह्वावेको दृष्टिकोणमा कुनै परिवर्तन ल्याउनेसोचमा हुनुहुन्छ? र तपाईलाई केलाग्छ उँहाले अघिल्लो प्रशासनले ह्वावेमा लगाएको प्रतिबन्ध फिर्ता लिनु हुन्छ कि हुन्न?
पहिलो कुरा, व्यापारले दुबै पक्षलाई फाइदा पुर्याउँछ। अमेरिकी कम्पनीहरूलाई चिनियाँ ग्राहकहरुसम्म सामान आपूर्ति गर्न अनुमति दिइनु आफ्नै वित्तीय प्रदर्शनका लागि अनुकूल छ। यदि ह्वावेको उत्पादन क्षमताको विस्तार भयो भने यसको मतलब अमेरिकी कम्पनीहरूले पनि अधिक बेच्न सक्दछ । यो दुई तर्फी जीतको स्थिति हो । मलाई विश्वास छ कि नयाँ प्रशासनले यी नीतिहरूलाई विचार गर्ने क्रममा यी चासोका विषयहरूलाई जोख्ने छर सन्तुलन राख्नेछ। हामी अझै धेरै अमेरिकी कम्पोनेन्ट्स, पार्ट्स र मेसिनरी खरीद गर्ने आशमा छौं ताकि अमेरिकी कम्पनीहरूले पनि चिनियाँ अर्थव्यवस्थाको विकास गर्न सकोस् ।
१८ औं शताब्दीको मध्यतिर बेलायतले अमेरिकातर्फको क्लोज्ड–अफ नीति अपनायो जसले अमेरिकालाई विश्वकै सबैभन्दा शक्तिशाली देशको रूपमा उकास्न जोर दियो । आज अमेरिकाले हामीलाई रोक्दै छ । के यसले एक अप्रत्याशित परिणाम निम्त्याउँनेछ ? एक व्यवसायको रूपमा हामीसँग एक राजनीतिक भुमरीमा संलग्न हुने ऊर्जा छैन । हाम्रो टाउको आफ्नै उत्पादनहरुमा गडिएको छ किनभने हाम्रा उत्पादनहरू उच्च गुणस्तरका छन्, विश्वभरका केही ग्राहकहरू अझै हामीसँगै छन् र हामी यो कठिन २०२० मा बाँच्न पनि सफल भएका छौं। हामी यी ग्राहकहरूको सेवामाअझै धेरै मूल्य सिर्जना गरिरहने छौं ।
हामी उनीहरूले हामीमाथि स्थायी विश्वास राखि राखोस् भन्ने चाहन्छौं र हामी आशा गर्छौं कि उनीहरू राजनीतिक दबावबाट डगमगाउँदैनन्। मलाई आशा छ कि नयाँ अमेरिकी प्रशासनले अधिक खुला नीतिहरू ल्याउनेछ जुन अमेरिकी कम्पनीहरू र समग्र अमेरिकी अर्थतन्त्रको हितमा हुनेछ।
केही अमेरिकी राजनीतिज्ञहरूलाई फाइभ जी को सम्भावित प्रभावले विश्वव्यापी रूप लिन सक्ने भन्ने कुरामा चासो छ। मैले एकचोटि वचन दिए अनुसार हामी उत्पादनलाई लाइसेन्स मात्र नदिई हाम्रा सबै फाइभ जी टेक्नोलोजीहरू पनि ट्रान्सफर गर्नेछौं । जबसम्म अमेरिकाले यसका लागि अनुरोध गर्दछ हामी सोर्स प्रोग्रामहरू र सोर्स कोड देखि सबै हार्डवेयर डिजाइन रहस्यहरू र नो–हाउ र चिप डिजाइन पनि ट्रान्सफर गर्नेछौं ।मलाई जे लाग्छत्यही भनेको हो तर कुनै अमेरिकी कम्पनी अगाडि आएको छैन। मलाई आशा छ तपाईले यो सन्देश अमेरिकी कम्पनीसम्म पु¥यायन मद्दत गर्नु हुन्छ । यदि उहाहरु कुरा गर्न चाहनु हुन्छ भने हामी कुरा गर्न खुशी हुनेछौं।
हामीसँग भेट गर्नु भएकोमा धन्यबाद । स्पिन अफ पछि पनि अनरले चिप्सको पहुँच पुनः प्राप्त गर्न सफल भएको छ । के ह्वावेले आफ्ना कुनै व्यवसाय स्पिन अफ गर्ने विचार गरीरहेको छ वा गरिसकेको छ?
अनर ब्यापारको स्पिन अफ अपस्ट्रीम आपूर्तिकर्ता र डाउनस्ट्रीम च्यानल साझेदारहरूलाई सहयोग गर्नको लागि थियो। यदि अनरले अपस्ट्रीम आपूर्तिकर्ताहरूबाट पार्ट्स र कम्पोनेन्टहरू लिन सकेन भने विश्वव्यापी आपूर्तिकर्ताहरूले कष्ट भोग्न पर्ने हुन्छ। यदि कुनै पनि उत्पादन डाउनस्ट्रीम वितरण च्यानलहरूमा आपूर्ति गर्न सकिएन भने ती च्यानलहरूमा खडेरी लाग्नेछ । त्यसले धेरै कामहरुलाई जोखिममा पार्दछ । अनरकोस्पिन–अफ बाहिरी वातावरणमा आएको परिवर्तनको कारण बाध्य भएर लिइएको निर्णय थियो।
ह्वावेले नयाँ अनरको एक हिस्साको पनि स्वामित्व राख्दैन । उनीहरूसँग जति धेरै उत्पादन क्षमता हुन्छ त्यति नै कम ठाउँ ह्वावेको स्मार्टफोन व्यवसायको लागि हुनेछ । तर हामीले हाम्रो आपूर्तिकर्ता, च्यानल साझेदार र प्रयोगकर्ताहरूको आवश्यकता बुझ्नु पर्दछ । हामीले आफ्नो हितको लागि होइन, उनीहरूको हितमा काम गर्नुपर्दछ। हामीले यसलाई आफ्नै तरिकाले गर्न पर्दछ ।
नमस्ते रेनज्यू, म शांसीदैनिकबाट पत्रकार हुँ । म शांसीको विकासलाई समर्थन गर्नका लागि ह्वावेलाई धन्यवाद दिन चाहन्छु । के तपाइँ हामीलाई बताउन सक्नुहुन्छ कि कसरी इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशाला ह्वावेको विश्व उपस्थितिमा मिल्न जान्छ ? प्रयोगशालाले कस्तो भूमिका खेल्नेछ, यसले शांसीमा के परिवर्तन ल्याउनेछ र यसको भिजन के हो?ह्वावेले भविष्यमा शांसीमा आफ्नो व्यापार कसरी बढाउने अपेक्षा राखेको छ ? धन्यवाद!
हामीसँग १०० भन्दा बढी रिसर्च सेन्टर र संयुक्त प्रयोगशालाहरू विश्वभर छन् जसमध्ये प्रायः गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान र सौंदर्यशास्त्र जस्ता क्षेत्रहरूमा विशेषज्ञ छन्। ती मध्ये थोरै संख्यामा अप्लाईडरिर्सच प्रयोगशाला हुन् जुन हामीले हाम्रो ग्राहकहरूसँग निर्माण गरेका हौं।उदाहरणका लागि, हामीले टेल्कोहरु संगमिलेर संयुक्त प्रयोगशालाहरू निर्माण गरेका छौं जहाँ हामी दूरसंचारका ग्राहकहरूको आवश्यकताहरूको अध्ययन गर्दछौं । यीकोल माइनिङका लागि बनाइएको संयुक्त प्रयोगशाला र यातायात अनुप्रयोगहरू जस्तै एयरपोर्ट र सीपोर्ट क्षेत्रहरुका लागि बनाइएको अन्य संयुक्त प्रयोगशालाहरूको साथमा हामी अब टेलिकमहरू भन्दा अग्र जाँदैछौं । यी प्रयोगशालाहरू अनुसन्धान प्रयोगशालाहरू हुन्।
इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशाला मुख्यतया शांसीको हजारौं कोइला खानीहरू र अन्य प्रकारका खानीहरूमा सञ्चालनलाई सहयोग पु¥याउन प्रयोग गरिने छ। भविष्यमा स्वायत्त ड्राइभिङले हामीलाई ओपेन–पिट खानीहरूमा स्वचालित माइनिङ प्राप्त गर्न मद्दत गर्नेछ।शांसीले धेरै जसो खानीहरूमा पहिले नै मेकानिकल उपकरणहरू प्रयोग गरेर कोइला खानीमा राम्रो काम गरिरहेको छ ।
त्यहाँ पहिले नै केहि स्वचालित खानीहरू छन्। आइस्टििको प्रयोग गर्नाले इन्टेलिजेन्ट माइनिङ प्राप्त गर्न मद्दत पुग्दछ।उदाहरणको लागिशांसीको खानीहरुमा प्रभावकारी रुपमा ग्यास विस्फोट रोक्न उपकरणहरु पहिले देखि छन् तर उनीहरुलाई कम्तिमा चारवटा केबुल चाहिन्छः दुई पावर केबुल र दुई सिग्नल केबुल। हाम्रो टेक्नोलोजीसँग संयुक्त भएमा ग्यास डिटेक्टरहरूलाई कुनै पनि केबुलहरू आवश्यक पर्दैन।उनीहरू तार रहित नेटवर्कको उपयोग गरेर डाटा प्रसारित गर्न सक्दछन् । ब्याट्रीद्वारा संचालितहुने उनीहरूले पनि टmब् भन्दा कम पावरमा अपरेट गर्न सक्छन् जसले सुरक्षाको वर्तमान मापदण्डहरू पूरा गर्दछ।
यसको मतलब ग्यास डिटेक्टरहरू पिट्समा जहाँसुकै पनि जडान गर्न सकिने छ। माइनिङ मेशिनहरू परम्परागत रूपमा वायर्ड डिटेक्टरहरूसित जडित हुन्छन् । जब तपाईं वायर्ड डिटेक्टर प्रयोग गर्नुहुन्छ, माइनिङको मेसिन ढिलो गतिमा अगाडि बढ्ने गर्दछ किनकि उनीहरूले निरन्तर सबै चीज पुनः जडान गर्नपर्दछ।माइनिङ मेशिनहरूलाई वायरलेस नेटवकमा प्रयोगले ग्यास डिटेक्टरमा कनेक्ट गरेर हामी उत्पादकत्व बढाउन सक्छौं। यी ग्यास डिटेक्टरहरूको ब्याट्री साना र कम पावरकाहुन्छन् र प्रत्येक १२ देखि १८ महिनामा मात्र बदल्नु आवश्यक छ।हामीशांसीको कोइला खानीहरूसंग विस्फोट रोक्ने प्रणालीमा काम गरिरहेका छौं। यस प्रणालीले अन्ततः पुरै विश्वलाई मद्दत गर्न सक्दछ।
कोइला माइनिङमा ह्वावेले कोर्पस् भनिने अपरेटिङ मोडेल अपनाएको छ। के तपाईं यस मोडेललाई अन्य उद्योगहरू जस्तै एयरपोर्ट, पोर्ट र फलाम र स्टिलमा विस्तार गर्नु हुन्छ? र यसको मतलब ह्वावे यसको कोर व्यवसाय भन्दा बाहिर विस्तार हुँदैछ भनेको हो? म तपाईंलाई एउटा व्यक्तिगत प्रश्न पनि सोध्न चाहन्छु। तपाईं लामो समयदेखि कडा परिश्रम गर्दै हुनुहुन्छ। तपाईले कहिले सेवानिवृत्त हुने योजना गर्नुहुन्छ?
यो मोडल कोइला उद्योगमा मात्र सीमित छैन । कोर्पस् भनेको के हो म भन्छु। यो एउटा अवधारणा हो जुन हामीले गुगलबाट लिएका हौं। मूलतः एक कोर्पस्ले आधारभूत अनुसन्धान गर्ने वैज्ञानिक, प्रविधि विज्ञ, टेक्नोलोजी विज्ञ, उत्पादन विज्ञ, ईन्जिनियरिङविज्ञ, बिक्री विशेषज्ञ र डेलिभरी र सेवा विशेषज्ञहरूलाई एकै ठाउँ ल्याइ टोली गठन गर्दछ।यसले नयाँ उत्पादनहरूको टाईम–टु–मार्केट छोटो पार्दछ। यस मोडेलले हामीलाई हाम्रा बिभिन्न व्यवसायहरूलाई भव्य तरिकाले अगाडि बढाउन मद्दत गर्दछ र सबै कुरा बढी कुशल हुन्छ ।
पोर्टहरुमा सधैं नै ठूलो स्तरमा तैनाती हुने गरेको छ तर कोइला माइनिङ पहिलो उद्योग हो जहाँ हामीले यो कोर्पस् मोडल लागू गरेका छौं । तपाईं शेन्जेन, शंघाई र दुबईका एयरपोर्टहरू भ्रमण गर्न सक्नुहुनेछ जहाँ हामीले प्रेषण कार्यक्षमता बढाउन ठूलो मद्दत गरेका छौं।
हामीले के गर्यौं भनेर एक उदाहरण दिन चाहन्छु । आँधीबेहरी वा अन्य प्रकारका अवरोधहरूको बखत एयरपोर्टले उडानहरूको लागि बोर्डिङब्रिजहरू पुनः गणना गर्नु पदर्छ। यसले सामान्यतया म्यानुअल कामको चार घण्टा लिन्छ। हामीले समयलाई केहि सेकेन्डमा कटौती गर्न सहयोग गरेका छौं । साथै, हामीले उडान समयकोट्याक्सिङ खर्च २ मिनेटले घटाउन सहयोग गरेका छौं। यी हामीले गरेका सुधारहरू हुन्।
तपाई हुनान भालिन जियाङ्टान आइरन र स्टिल कारखाना पनि जान सक्नु हुन्छ । उनीहरूले भट्टी र रोलिंग मिलहरूको मानव रहित अपरेसन प्राप्त गरिसकेका छन् । यस कारखानामा स्टिलको इस्मेल्टिङ र रोलिंग कन्ट्रोल कामदारहरुले सूट र टाई लगाएर कन्ट्रोल रुमबाट गर्छन् ।जब एआर र वीआर प्रविधिहरू अपनाइन्छ, उनीहरू मूलतः सिसाबाट भट्टीमा हुने रसायनहरू देख्न सक्दछन् । त्यसैले परीक्षणको लागि ती सामग्रीहरूलाई भट्टीबाट बाहिर निकाल्न आवश्यक पर्दैन।र स्टिल उत्पादन पनि अझ बढी कुशल हुनेछ र मिश्रको गुणस्तर बढ्नेछ। त्यसैले मानव रहित कार्यहरू केही फलाम र स्टिलकारखानाहरूमा राखिएकोछ र कोइला माइनिङमा भन्दा त्यहाँ लागू गर्न सजिलो छ।
पोर्टहरुका लागि पनि यो समान छ । हामीले शेन्जेनको निङ्गबोको पोर्ट र शेकोउको पोर्टलाई धेरै जसो कार्यहरु अटोमेट गर्न मद्दत गरिसकेका छौं । यी उद्योगहरूमा हाम्रो कोर्पस् मोडल विस्तार गर्नेनगर्ने त्यहाँको मागमा निर्भर गर्दछ।उदाहरणको लागि, एयरपोर्ट र पोर्टहरुमा यो अनिवार्य रुपमा एक गणितीय मुद्दा हो जुन समाधान गर्नका लागि एकदम सजिलो छ। तर कोइलामाइनिङमा रसायनशास्त्र र भौतिक विज्ञान संलग्न छन्। ती हाम्रो कम्पनीको लागि नयाँ मुद्दाहरू हुन्।हामीले संगीत सेवाहरूको लागि पनि एक कोर्पस् मोडेल अपनाएका छौं।
धेरै मानिसहरू आफूले सुन्ने संगीतको गुणस्तरसित खुसी छैनन्। त्यो किन हो त ? संगीतले विस्तृत दायराको फ्रिक्वेन्सीलाई कभर गर्दछ । यदि हामी कन्सर्ट हलमा जान्छौं भने हामी उच्च दायरादेखि कमसम्म सम्पूर्ण दायरामा आनन्द लिन सक्दछौं।तर यदि हामी इलेक्ट्रोनिक उपकरणहरू मार्फत संगीत सुन्छौं भने ब्यान्डविथ पर्याप्त हुँदैन र संगीतलाई प्रसारण अघि सानो डेटा प्याकेटमा संकुचन गर्नुपर्ने हुन्छ। यसको अर्थ अत्याधिक कम र उच्च फ्रिक्वेन्सीहरू हटाइनेछ, त्यस कारण संगीतको गुण कमहुने गर्दछ।अल्ट्रा–ब्रोडब्यान्ड टेक्नोलोजीले सबै सूक्ष्मताहरूको साथ संगीत संचार गर्न र श्रोताको लागि उच्च निष्ठाको अनुभव दिन सम्भव बनाउँदछ।
हाम्रो इयरफोन डिजाइनमा हामी वास्तवमा कान वरिपरिको हड्डीहरूको प्रयोग गर्दर्छौं – र केवल ईर्ड«म मात्र होइन – संगीत सुन्नको लागि। यो उपलब्धिको श्रेय हाम्रो संगीत कोर्पस्लाई जान्छ जुनमा हाम्रा धेरै वैज्ञानिकहरु ध्वनिर अन्य क्षेत्रहरुमा काम गरिरहेका छन् र असंख्य आविष्कारहरु गरेका छन्।
संगीत सेवामा एप्पल अझै पनि उत्तम छ । उनीहरू ईयरफोनबाट वार्षिक २० अर्ब अमेरिकी डलर कमाउँछन्। हाम्रो अनुमान छ कि ईयरफोनबाट ह्वावेको वार्षिक आम्दानी एप्पल जत्तिकै बढि हुँदैन तर बढेर १० अर्ब अमेरिकी डलर हुनेछ र हाम्रो कुल नाफा ३ अर्ब अमेरिकी डलर भन्दा बढी हुनेछ। तर एप्पल यस समयमा नम्बर एकमा छ। यो वास्तवमै ठूलो कम्पनी हो।
संक्षेपमा, हामी एक विशेष व्यवसायको लागी कोर्पस् अपरेटिंग मोडेल अपनाउने छौं या छैनौं भन्ने कुरा धेरै हदसम्म फ्रन्टलाइन अपरेटिंग टीम मा वैज्ञानिकहरु आवश्यक छ कि छैन भन्नेमा निर्भर गर्दछ। यदि वैज्ञानिकहरूको आवश्यक छ भने हामी कोर्पस मोडल अपनाउनेछौं । अन्यथा, हामी हामीले प्रयोग गर्दै आएका सामान्य म्याट्रिक्स मोडेलहरू प्रयोग गरिरहने छौं ।
तपाई कहिले सेवानिवृत्त हुने योजनामा हुनुहुन्छ ?
सत्य के हो भने मेरो लागि कहिले सेवानिवृत्त हुनेछु सही प्रश्न होइन, तर म वास्तवमा सेवानिवृत्तिमा के गर्नेछु हुनुपर्छ । मेरी श्रीमतीले मलाई भनेकि छिन् कि म दिनहुँ केवल चिया पिउन सक्छु । म बिहान चिया पिउन सक्छु तर दिउँसो चिया पिए भने म राती निदाउन सक्दिन। त्यसैले मेरो सेवानिवृत्ति पछि म कसरी आफूलाई मनोरन्जन दिनेछु मलाई थाहा छैन र म बरु ह्वावेमानै काम गरिरहन रुचाउँछु । सायद तपाईहरुले मलाई मद्दत गर्न सक्नु हुन्छ कि । मलाई वास्तवमा व्याकुल राख्ने कुनै पनि शौकहरुछैन।
ह्वावेको व्यवस्थापनले २०२० को शुरुवातमा भनेको थियो कि ूबाँच्नुूनै उद्देश्य हो । अब ह्वावे अझै पनि धेरै राम्रो गरिरहेको छ। त्यसो भए २०२१ को लागि तपाइँको लक्ष्य के हो?आउँदो तीन बर्षमा ह्वावेको विकासको लागि के चाहिएला ? यदि तपाईले छान्न पर्यो भने तीन वर्षसम्म तपाईको हातमा धेरै वैज्ञानिकहरु रोज्नु हुन्छ वा एन्टिटी लिस्टबाट तुरुन्त हटाइनु रोज्नुहुन्छ?
मलाई लाग्दैन कि अमेरिकाले हामीलाई निकाय सूचीबाट हटाउने छ । म यो असम्भवभन्दिन तर यो हुने त्यती सम्भावना पनिछैन। हामी यसलाई सम्भावनाको रूपमा विचार गरिरहेका छैनौं। हामी राम्रो उत्पादन र सोलुसनहरू उत्पादन गर्न प्रतिबद्ध रहनुपर्दछ ताकि हामी ग्राहकहरूको विश्वास जित्न उत्पादन गर्न सकौं। हामी संसार भरका वैज्ञानिकहरूलाई स्वागत गर्दछौं र शीर्ष दिमागलाई समर्थन गर्न सक्दछौं । अहिलेलाई हामी केवल कडा परिश्रम गर्न चाहन्छौं र बाँच्नका लागि नयाँ अवसरहरू खोजिरहेका छौं । कोइला खानीले राम्रो अवसर प्रदान गर्दछ । विश्वभरिमा कोइला खानीहरू थुप्रै छन् र यसले अरबौं डलर सिर्जना गर्न सक्छ । कल्पना गर्नुहोस् हामी कति जनालाई त्यो पैसाले समर्थन गर्न सक्छौं ।
रेनज्यू, के म तपाईलाई चिप्सको बारेमा मात्र सोध्न सक्छु ? यस क्षणमा, तपाईंले पहिल्यै स्पष्ट रूपमा उल्लेख गर्नुभयो कि स्मार्टफोन व्यापार चिप्सबाट काटिएको छ । त्यसो भए तपाईं त्यस क्षेत्रमा के गर्दै हुनुहुन्छ ? के तपाइँ अहिले कुनै चिप कम्पनीमा लगानी गर्दै हुनुहुन्छ वा त्यसलाई प्राप्त गर्दै हुनुहुन्छ ?र मानौं तपाईलाई त्क्ःऋ बाट आपूर्तिबाट काटिएको छ, विकल्प के छ ?के यो हाई–एण्ड स्मार्टफोन बिजनेसका लागि मेडियाटेक हो?योसँग जोडिएको, के तपाई स्मार्टफोन बिजनेसमा बसिरहनु हुन्छ ? वा तपाईले अनरसँग गर्नुभएको जस्तै हाई–एण्ड बिजनेसलाई बेच्नु हुन्छ,?
पहिलो कुरा, अमेरिकी सरकारले यसको आफ्नै चिप उद्योगमा एक नजर राख्नु जरुरी छ । अमेरिकाले चिप्सलाई महत्वपूर्ण ठान्दछ, त्यसैले युरोपले उनीहरूलाई महत्वपूर्ण ठान्नेछ र जापानले पनि। विश्वले घर–जग्गाको साथ भए जस्तैे चिप्सको अधिशेष देख्न गइरहेको छ,। हामी चिप्स बनाउन लगानी गर्ने छैनौं। बालुवालाई सिलिकनमा बदल्नु हाम्रो कुरा होइन। हामी गणितमा राम्रो छौं र हामी ग्लोबलाइजेसनमा भर पर्छौं ।
हामी ग्लोबलाइजेसनको यो आदर्शलाई त्याग्दैनौं र चाहे कुनै प्रकारको प्रतिबन्ध जतिसुकै नै कठोर भए पनि यसै किसिमले व्यापार गर्न जारी राख्ने छौं। एक दिन जब बजार चिप्सले भरिएको हुन्छ म शर्त लगाउँछु कि अरुहरूले हामीलाई त्यसलाई किन्नु भनेर बिलौना गर्ने छन् ।
दोस्रो, उपकरणहरू केवल मोबाइल फोन हो भनेर नसोच्नुहोस्। व्यक्ति वा वस्तुहरूलाई जोड्ने सबै कुरा उपकरणहरू हुन्। त्यसमा लेजर रडार, अल्ट्रासोनिक रडार र डप्लर रडार जस्ता चीजहरू छन् जुन सेल्फ–ड्राइभिङ सवारीहरूको लागि, साथै घरेलु ग्यास मिटर, पानी मिटर, टिभी र सुरक्षा प्रणालीहरू समावेश छन् । मोबाइल फोन उपकरण कोटीको केवल एक हिस्सा मात्र हो। त्यसैलेह्वावेले भविष्यमा हाम्रो फाइभ जी टेक्नोलोजीहरू अरुलाई हस्तान्तरण गर्न सक्दछ, तर हामी हाम्रो उपकरणको व्यवसाय कहिल्यै बेच्दैनौं ।
त्यसो भए हामी बुझ्छौं कि तपाईंको छोरी मेंग वानजाउको प्रतिनिधित्व गर्ने टोलीले अमेरिकी अभियोजकसंग सम्पर्कमा रहेको छ । के तपाइँ आशावादी हुनुहुन्छ कि उनी यस वर्ष फर्कन सक्षम हुनेछिन् ? र कम्पनीमा उनको भविष्य कस्तो छ ?
मेंग वानजाउको मामलामा हामी अझै पनि क्यानाडामा कानूनी कार्यवाहीसंग जारी रहेका छौं।
रेनज्यू, शांसीले बृहत् ऊर्जा सुधार कार्यक्रम चलाउँदैछ जसलाई टेक्निकल टेलेन्टको ठूलो मात्रा चाहिन्छ । ह्वावेसंग शांसीको प्रतिभा विकास कार्यक्रमको लागी मद्दत गर्ने केहि योजना छ ?
हामीले अझै शांसीमा थप लगानी र विकास योजनाहरूमा विचार गरेका छैनौं।
ह्वावेले आफ्नो व्यवसाय पोर्टफोलियो समायोजित गरिरहेको छ, के तपाइँको प्रबन्ध टोलीमा कुनै परिवर्तन आउने छ ? केही मिडिया रिपोर्टहरू अनुसार एरिक जूले ह्वावे छोड्ने भनिएको छ । के यो अफवाह हो ?व्यवसाय पोर्टफोलियो समायोजित गर्दै गर्दा के ह्वावेले आफ्नो प्रबंधन टीमको संरचना पनि परिवर्तन गर्ने छ ?
ह्वावेको प्रबंधन टीमको लागि कुनै प्रमुख संरचनात्मक परिवर्तन हुनेछैन । हाम्रो बिजनेस अपरेटिंग मोडेल परिवर्तन हुँदा हामी केही व्यक्तिको पद समायोजन गर्नेछौं। उदाहरणको लागि, हाम्रो कोल माइन कोर्पस्का अध्यक्ष हाम्रो ल्याटिन अमेरिका क्षेत्रको पूर्व राष्ट्रपति हुन्। यसले शांसीमा कोइला उद्योगको विकासप्रति हाम्रो प्रतिबद्धता देखाउँदछ।
एरिक जूको ह्वावे छोडेर जाने कुरा एउटा अफवाह हो। त्यो स्पष्ट गर्न हामीले मिडिया स्टेटमेन्ट प्रकाशित गरेका छौं।
राजस्वको हिसाबले कम्पनीले ह्यान्डसेटको व्यवसायबाट अपरिहार्य रूपमा गुमाइरहेको छ। के यो नयाँ अवसरलेत्यसलाई अफसेट गरेकोजस्तो लाग्छ ? र यदि हो भने, कति छिटो?
मलाई लगभग यसै बर्षमा जस्तो लाग्छ ।
तपाईंको कान्छी छोरी अनाबेल याओले मेंग वानजाउबाट बिल्कुलै भिन्न क्यारियर मार्ग छानेकि छिन् । बुबाको नाताले कुन छनौटले तपाईंलाई खुशी पार्छ?
प्रत्येक बच्चाको आफ्नै रुचि हुन्छ। अभिभावकले उनीहरूका लागि छनौट गर्न सक्दैन। उनीहरूले आफूले चाहेको मार्ग छनौट गर्न सक्दछन्। मलाई शो बिजनेसको बारेमा त्यति थाहा थिएन । उनले यस उद्योगमा काम गर्न थालेदेखि मैले कलाकारलाई कत्ति गाह्रो हुने देखेको छु। तर उनले आफ्नो निर्णयमा कहिल्यै पछुताइनन्। त्यसैले हामी, अभिभावकको रूपमा, हस्तक्षेप गर्न चाहँदैनौं।
तपाईले यो परियोजना चिनियाँ नयाँ वर्ष भन्दा पहिले घोषणा गर्ने कसरी सोच्नुभयो ?
यो जानाजानी गर्न खोजिएको होइन । हामी केवलशांसी प्रान्तीय सरकारको क्यालेन्डरमा आउन चाहन्थ्यौं । मैले मिडियासंग भेट गरेको लामो समय भइसकेको थियो, त्यसैले मैले यो अवसरमा मिडियाका केहि साथीहरुलाई भेट्न चाहेँ । यसको समयको हिसाब गरिएको थिएन ।
तपाई विविधिकरणको विषयलाई बेवास्ता गर्दै हुनुहुन्छ जस्तो देखिन्छ ?
ह्वावेकहिल्यै विविधीकरणको पछि लाग्ने छैन। हामी केवल एउटा प्लेटफर्म प्रस्तुत गर्दैछौं, माटो प्रदान गर्ने छौं जहाँ सबै प्रकारका बालीहरू फल्न सक्छ । कोइला उद्योगका लागि हामीले प्रदान गरेको प्लेटफर्म मूलतया उस्तै हो जुन हामीले दूरसञ्चार र यातायात उद्योगहरूको लागि दिन्छौं।यो केवल यति हो कि कोइला खानीहरू यो प्लेटफर्म कसरी प्रयोग गर्ने जान्दैनन्, त्यसैले हामी उनीहरूलाई थप मद्दत गर्दछौं । हामी अधिक प्लेटफर्महरू बेचिरहेका छौं तर त्यो विविधिकरण होइन ।
हामीसँग भेट गर्नु भएकोमा धन्यवाद । यदि अमेरिकी राष्ट्रपति बाइडेनले तपाईंलाई बोलाए भने तपाईं वहाँलाई के भन्नुहुन्छ ?
म त्यस निमन्त्रणलाई स्वागत गर्नेछु तर वहाँले बोलाउनु भएको छैन । तपाईंसँग मेरो ईमेल ठेगाना र टेलिफोन नम्बर छ ।
तपाई कुन विषयको बारेमा बडी कुरा गर्न चाहनुहुन्छ ?
म उँहासँग साझा विकासको बारेमा कुरा गर्नेछु । अमेरिका र चीन दुवैले आफ्नो अर्थव्यवस्थाको विकास गर्नु आवश्यक छ किनकि यो हाम्रो समाज र वित्तीय सन्तुलनकोलागि राम्रो छ । सबैलाई यसको आवश्यक छ । मानवता प्रगति गरिरहँदा कुनै पनि कम्पनीले एकल वैश्विक उद्योगको विकास गर्न सक्दैन । विश्वभरमा ठोस प्रयासको आवश्यक रहेको छ। धन्यवाद! फेरी भेटौला।




प्रतिक्रिया