ह्वावे क्लाउड अपरेटरलाई कनेक्टिभिटीका फाइदा उपलब्ध गराउने


शेन्जेन – ह्वावे क्यारियर बीजी मार्केटिङ र सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले क्लाउड औद्योगिक डिजिटल रूपान्तरणको एक महत्वपूर्ण भाग बनिरहेको र यसको व्यक्तिगत उद्योगको आर्थिक संरचना र बजार परिदृश्य पुन: आकार दिने क्षमताका कारण अब एक प्रमुख आर्थिक कारक भएकाे बताएका छन ।

साउन २ गते वीन-वीन·ह्वावे इनोभेसन वीकको समयमा क्यारियर क्लाउड ट्रान्सफर्मेसन समिटमा अपरेटर क्लाउड रूपान्तरणको लागि कम्पनीको नयाँ योजनाहरूको बारेमा उक्त कुरा बताएका हुन् ।

अध्यक्ष पेंग सोंगले नेटवर्क भ्यालु वृद्धि गर्न, सेवा इनोभेसनलाई गति दिन र कनेक्टिभिटीका फाइदाहरू प्राप्त गर्न टेलिकम सञ्चालनलाई अप्टिमाइज गर्न मद्दत गरेर परिवर्तनहरूलाई समर्थन गर्न ह्वावे उत्साहित भएको समेत बताए ।

दूरसञ्चार उद्योगले आफ्नो क्लाउड रूपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरिसकेको छ जसले परिणाम स्वरुप धेरै नयाँ अवसर र चुनौतीहरू ल्याएका छन् । १५ प्रतिशत अपरेटरहरूले २०२३ को अन्त्यसम्ममा व्यापक क्लाउड रणनीति विकास र पूर्ण रूपमा लागू गर्ने अपेक्षा गरिएको छ जसको परिणाम स्वरूप दूरसञ्चार क्लाउड सयौं बिलियन डलरको बजार हुनेछ ।

यस विस्तारलाई समर्थन गर्न र यी प्रविधिहरूले सिर्जना गरिरहेका नयाँ बजारहरूको फाइदा लिन अपरेटरहरूले थप कुशल र चुस्त आइसीटी पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेछ। अपरेटरहरूको क्लाउड रूपान्तरण संचार प्रविधि (आइसीटी) मा आधारित हुनु पर्छ र अपरेटरहरूले दूरसञ्चार उद्योगको अद्वितीय शक्ति र क्लाउड रूपान्तरणको फाइदा लिँदै आफ्नो नेटवर्क र सेवाहरूको भ्यालु बढाउनु पर्छ भन्ने कुरामा पेंगको विश्वास रहेको छ ।

चीनमा ह्वावेले नेटवर्क र एज क्लाउड क्षमताहरू प्रदान गर्दछ जसले अपरेटरहरूलाई आफ्ना इन्टरप्राइज ग्राहकहरूलाई उच्च उत्पादकताका लागि सोलुसनहरू प्रदान गर्न सक्षम बनाउँछ, उनीहरूको बजारलाई २५ प्रतिशत ल विस्तार गर्दछ । दोस्रो, डिजिटल इनोभेसनको सन्दर्भमा, अपरेटरहरूले डिजिटल सेवा इनोभेसनको लागि क्लाउड प्लेटफर्महरू निर्माण गर्न आवश्यक छ जुन उनीहरूले नयाँ सेवाहरू अझ छिटो सुरु गर्न प्रयोग गर्न सक्छन् ।

टेलिकम सेवा र डिजिटल सेवाहरूलाई जोड्ने कोल्याबोरेटिभ क्लाउड प्लेटफर्महरूले इनोभेसनलाई थप गति दिन्छ र आफ्नो ग्राहक अधिग्रहण क्षमताहरूमा सुधार गर्दछ ।

युरोपमा ह्वावेले पहिले नै अपरेटरहरूलाई विकास वातावरण, परीक्षण वातावरण र सयौं सेवाहरू ह्वावे क्लाउड प्लेटफर्ममा माइग्रेट गर्न सहयोग गरिसकेको छ । यसले केही अपरेटरहरूलाई अजाइल विकास प्लेटफर्म र टेलिकम पास क्षमताहरू प्रयोग गरेर नयाँ सेवाहरूको लागि बजार समय ७५ प्रतिशत कम गर्न मद्दत गरेको छ ।

तेस्रो, दूरसंचार सञ्चालनको सन्दर्भमा अपरेटरहरूले आफ्नो प्राथमिक व्यवसायको दिगो विकासलाई समर्थन गर्न टेलिकम उद्योगका लागि विशेष रूपमा डिजाइन गरिएको पूर्व- एकीकृत क्लाउड सोलुसनहरू प्रयोग गर्न आवश्यक छ ।

टेलिकम क्लाउड रूपान्तरणको लागि क्लाउड प्लेटफर्महरू आवश्यक पर्दछ जसमा अड्याप्टिभ टेलिकम सेवा आर्किटेक्चरहरूको डेटा सुरक्षा र व्यवस्थापन आवश्यकताहरू पूरा गर्न सक्षम डिस्ट्रिब्यूटेड आर्किटेक्चर छ । क्लाउड रूपान्तरणको रास्नल टाईम लाईन सेवाहरू क्लाउडमा मजबुत रूपमा माइग्रेट भएको सुनिश्चित गर्न पनि आवश्यक छ ।

एशियामा ह्वावेले विभिन्न प्रकारका अपरेटर सेवा र सुविधाहरू ह्यान्डल गर्न वितरित क्लाउडहरू प्रयोग गरेको छ र फाइभ जी प्याकेजको मार्केटिङ सफलता दरलाई १८० प्रतिशतले सुधार गर्दै विभिन्न सेवाहरूको लागि कोरिलेटेड डेटा एनालाइसिस सञ्चालन गर्न ह्वावेको डिस्ट्रिब्युटेड डेटा लेक प्रयोग गरेको छ ।

२०२१ को अन्त्य सम्म ह्वावेले क्लाउड सेवाहरूमा विश्वव्यापी रूपमा १२० भन्दा बढी अपरेटरहरूसँग व्यापक रूपमा काम गरेको थियो । ह्वावेले  आइसीटीमा थप लगानी गर्न र अपरेटरहरूको क्लाउड रूपान्तरणलाई गति दिन र कनेक्टिभिटीका फाइदाहरू उपलब्ध गराउन विश्वव्यापी रूपमा आफ्नो स्थानीयकृत सेवा क्षमताहरू प्रयोग गर्न प्रतिबद्ध रहेको छ ।

वीन-वीन·ह्वावे इनोभेसन वीक जुलाई १८ देखि जुलाई २१ सम्म शेन्जेन, चीनमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement