टेक्नोलोजीप्रति ह्वावेकाे विश्वास : पुनःस्थापनाको लागि क्लोजर पब्लिक-प्राईभेट सेक्टर अपिरेशनको आह्वान

टेक्नोलोजीप्रति ह्वावेकाे विश्वास : पुनःस्थापनाको लागि क्लोजर पब्लिक-प्राईभेट सेक्टर अपिरेशनको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्विट्जरल्याण्ड – विश्वभरका नेताहरूको वार्षिक भेला हुने सेन्ट गलेन सिम्पोजियमले ५० औं वार्षिकोत्सव मनाएको छ । ह्वावेको कर्पोरेट वरिष्ठ उपाध्यक्ष र बीओडी सदस्य क्याथरिन चेनले आज बिहान विद्यार्थी नेतृत्वको अभियानलाई सम्बोधन गरेका थिए ।

निजी क्षेत्रका अन्य शीर्ष वक्ताहरू रोचेका बीओडी अध्यक्ष क्रिस्टोफ फ्रान्ज, डेमलरमा बोर्ड अफ मानेजमेन्टका अध्यक्ष ओला कालेनियस, माइक्रोसफ्टका मुख्य कार्यकारी अधिकारी सत्य नाडेला, र एचसीएल कर्पोरेशनका मुख्य कार्यकारी अधिकारी रोशनी नादर मल्होत्रा रहेका थिए ।

५० औं वार्षिकोत्सव कार्यक्रममा १ हजार सहभागीले तीन–दिने क्रस–जेनरेशनल डाइलगमा सेन्ट गलेन क्याम्पसबाट, जुन सिंगापुरको एक अन्तर्राष्ट्रिय हब विश्वविद्यालय हो, विश्वभरि दशवटा स्विस दूतावासहरू र अन्यत्र अनलाइनबाट भेला भएका थिए ।

अस्ट्रियाका चान्सलर सेबस्टियन कुज जस्ता राजनीतिक नेताहरू र ट्रान्सनेशनल संगठनका प्रतिनिधिहरू जस्तै स्विस डिजिटल इनिसिएटिभको अध्यक्ष डोरिस ल्युथर्ड सहितका सहभागीहरू यस वर्षको सिम्पोजियम, “ट्रस्ट मैटरस्“ को विषयवस्तुमा आफ्ना विचारहरू आदानप्रदान गर्न भेला भएका थिए जसमा ह्वावे गहिरो रुपमा प्रतिबद्ध छ । चेनका अनुसार यसका लागि नीति निर्माता, नियामक र निजी क्षेत्रको संयुक्त प्रयासको आवश्यक पर्दछ ।

“धेरै उपकरणहरूले कनेक्टिभिटीको सुविधा दिएकोले, थप सेवाहरू अनलाइन गएकोले र धेरै महत्वपूर्ण पूर्वाधारहरू रियल टाइम डाटा एक्सचेन्जहरूमा निर्भर भएकोले, विश्वभरिका सरकारहरूले सबैलाई उच्च सुरक्षा मापदण्डद्वारा सुरक्षित राखेको सुनिश्चित गर्दछ । केवल साझा नियमहरूको सेटले मात्र एक स्तरको सुरक्षा ग्यारेन्टी गर्न सक्दछ जसले प्रविधिमा विश्वास सिर्जना गर्दछ, उनले भने ।

यस वर्षको सेन्ट गलेन सिम्पोजियम मे ५ बाट शुरू भएको थियो । कार्यक्रमका सहभागीहरू विश्वास अन्तर्निहित रुपमा खुलापन र पारदर्शितामा निर्मित छ र यो कोभिड–१९ महामारीको बेला देखा परेका साझा चुनौति र जोखिमहरूलाई सम्बोधन गर्न ठोस, क्रियात्मक कदमहरु चाल्ने समय भएको कुरामा सहमत भए ।

राजनीतिक र आर्थिक संस्था, विशेष गरी युवा पुस्ताहरूमा, उदीयमान टेक्नोलोजी र मिडियामा सार्वजनिक विश्वास हालसालै बिग्रिएको छ, र यो कोभिड–१९ महामारीले बढाएको हो । हामी युवा पुस्ताका सदस्यका रूपमा सामाजिक मीडियाका माध्यमबाट धेरै व्यक्तिसँग जोडिएका छौं तर यो हामीले विश्वास गर्ने व्यक्तिको सर्कलसँग मेल खाँदैन,। यस वर्षको सिम्पोजियम आयोजना गर्ने सेन्ट गलेन विश्वविद्यालयका ३५ विद्यार्थीहरूको टोलीका सदस्य साइमन जुलिगरले भने ।

सो टोलीले विश्वासको संरक्षण र सुदृढीकरण गर्ने उपायहरू खोज्नु, एक दिगो रिकभरीको लागि महत्वपूर्ण छ भन्ने आफ्नो धारणा व्यक्त गरेको थियो । चेनले आशा गर्नुभयोे कि आउँदो पुस्ताका लिडरहरूले विश्वास निर्माण गर्नेछन् र व्यापक कनेक्टिभिटिको विश्व बनाउनेछन् ।

“म उनीहरुलाई समुदाय, व्यक्ति र उनीहरुका वातावरणहरुबीच सकारात्मक सम्बन्ध विकास जारी राख्न आग्रह गर्दछु । हामीले नियमहरू, इनोभेसनहरू र प्रगतिको साझा सेटको सहायताले प्रविधिप्रति बलियो विश्वास निर्माण गर्नुपर्दछ । अनि मात्र हामी दिगो र प्रविधिको विश्वासयोग्य प्रयोगमा प्रतिबद्ध हुन सक्छौं ,उनले भने ।