चीन – ह्वावेले आफ्नो ग्लोबल कनेक्टिभिटी इन्डेक्स (जीसीआई) २०२० जारी गरेको छ । ह्वावेको सातौं वार्षिक जीसीआई रिपोर्ट जुनयस कम्पनीले प्रकाशित गरेको हो ।
जीसीआई रिपोर्टमा पहिलो पटक २०२० को उद्योग डिजिटल रूपान्तरणको पाँच मुख्य चरणहरु प्रस्ताव गरिएको छ । प्रस्तावमा कार्य दक्षता, कार्यात्मक दक्षता, प्रणाली दक्षता, संगठनात्मक दक्षता र चपलता र इकोसिस्टम दक्षता र लचिलोपना रहेका छन् ।
जीसीआई २०२० को एक प्रमुख खोज भनेको उद्योगहरूको डिजिटल रूपान्तरणले देशहरूलाई उत्पादकत्व बढाउने, आर्थिक सुधारलाई प्रोत्साहित गर्ने र भविष्यमा प्रतिस्पर्धात्मकता विकास गर्न मद्दत पुर्याउने रहेको छ ।
जीसीआई अनुसन्धानले ती अर्थव्यवस्थाहरुले उत्पादकत्व बढाउन सक्ने र डिजिटलमा जान इन्टेलिजेन्ट कनेक्टिभिटीको साथ दिने सुझाव दिएको छ । सामान्यतया प्रतिश्रमिक वा प्रति घण्टा काम गरेकोमा उच्चग्रोस भ्यालु आडेड प्राप्त गर्दछ ।
स्टार्टरहरूले सक्रियताका साथ अग्रणी अर्थव्यवस्थासंग अन्तर कम गर्दै छन् ।
यो रिपोर्टले २०१५ देखि प्रत्येक देशको जीसीआईमा आएको परिवर्तनको विश्लेषण गरेको छ । फ्रन्टरनर, एडोप्टर र स्टार्टर अर्थव्यवस्थाको औसत स्कोरहरू सबै २०१५ पछि वृद्धि भएको छ, स्टार्टर्सपछि एडोप्टर्स र फ्रन्टरनरले उच्चतम यौगिक वार्षिक वृद्धि दर (सीएजीआर) देखाउँदै आएको छ । यसले स्टार्टर्सले एडोप्टर र फ्रन्टरनरहरूलाई पछ्याइरहेको र डिजिटल अन्तरहरू घटाउँदै गइरहेको देखाउँदछ ।
स्टार्टर्सले ब्रोडब्यान्ड कभरेजमा उल्लेखनीय प्रगति गरेको २०२० को रिपोर्टमा उल्लेख छ । उनीहरूको औसत मोबाइल ब्रोडब्यान्ड प्रवेश २.५ गुणाले बढेको छ, भने सदस्यता १५ बाट १९५ मा पुगेको छ ।
उनीहरूको मोबाइल ब्रोडब्यान्ड २५५ बढी सस्तो भएको छ । यी उपलब्धिहरूले राम्रो व्यापक डिजिटल सेवाहरू प्रदान गर्न र आर्थिक विकासमा नयाँ अवसरहरू अँगाल्न स्टार्टर्सहरुलाई सक्षम बनाएको छ ।
फ्रन्ट्रुनर देशहरूका संगठनहरू आईटी खर्च नियन्त्रण गर्न चाहन्छन्
आईटीमा लगानी गर्न कम्पनीहरूको इच्छुकता उनीहरू कहाँ आधारित छ भन्ने कुरामा निर्भर गर्ने अनुसन्धानमन देखिएको छ । फ्रन्टरनर र एडोप्टर राष्ट्रहरूमा रहेका संगठनहरू गैर बजेटको सट्टाआईटी बजेट कायम राख्न प्राथमिकता दिइरहेका छन् ।
उनीहरूले आईटी बजेटहरू पनिअन्य देशका संगठनहरूको तुलनामा औसत २.५ देखि ३.५ गुणाले घटाएका छन् । अधिक परिपक्व डिजिटल पूर्वाधार भएका राष्ट्रहरू महामारीको आर्थिक प्रभावलाई कम गर्न, छिटो रिकभर हुन र उनीहरूको उच्च–अर्डरको उत्पादकता मोडेलमा रूपान्तरणको निरन्तरता सुनिश्चित गर्न राम्रो स्थितिमा छन् ।
आर्थिक क्षेत्रको डिजिटल रूपान्तरणले अर्थव्यवस्थालाई ‘उच्च–अर्डर’ उत्पादकत्वको विकास गर्न मद्दत पुर्याउँछ, जसले आर्थिक सुधार र भविष्यको प्रतिस्पर्धात्मकतालाई हौसला प्रदान गर्दछ । देशहरूले गुणक प्रभाव उत्पादन गर्न विद्यमान एन्डोमेन्टहरूको अनुपम सेटमा आधारित रहेर आईसीटी लगानी गर्न आवश्यक छ ।
सामान्यतया, अर्थव्यवस्था बिभिन्न क्षेत्रको संयोजनबाट बनेको हुन्छ जसमा एक वा दुई क्षेत्रहावी हुन खोजिरहेको हुन्छ । जीसीआई २०२० को रिपोर्टको सुझाव अनुसार एउटा देशको आईसीटी रणनीति यसको सञ्चित क्षेत्रगत शक्तिहरूको वरपर बनिएको हुनुपर्दछ । उद्योग जस्तोसुकै भएता पनि अधिक डिजिटलाइजेसनको अर्थ अधिक थप भ्यालु हो ।
जीसीआई रिपोर्टमा पहिलो पटक २०२०को घोषणाले आर्थिक क्षेत्रको डिजिटल रूपान्तरणको लागि पाँच मुख्य चरणहरु को प्रस्ताव गरेको छ ।
१ः कार्यदक्षता– आधारभूत कनेक्टिभिटि र अधिककुशल संचारको मार्फत व्यक्तिगत कार्यहरूको पूर्णता ट्राकिंगमा ध्यान केन्द्रित गरेको छ।
२ः कार्यात्मक दक्षता– आईसिटी संचालित कम्प्यूटराइज्ड वा अटोमेटेड कार्यहरूले बहुकार्यहरू एकै साथ ह्यान्डल गर्न र जानकारी अधिक कुशलतापूर्वक सेयर गर्न सम्भव बनाउने ।
३ः प्रणाली दक्षता– कोर प्रणालीको कार्यको डिजिटलीकरणमा अधिक ध्यानकेन्द्रित गरेको छ । यस चरणमा उद्यमहरूको कनेक्टिभिटी र क्लाउड सेवाहरूको लागि कडा माग हुनेछ ।
४ः संगठनात्मक दक्षता र चपलता– उद्यम प्रक्रियाहरू डिजीटलाइज्ड छन्, उद्यम अनुप्रयोगहरू क्लाउडमा सारिएका छन् र सबै प्रणालीहरू प्रभावकारी रूपमाएकीकृत गरेको छ । थप रूपमा, उच्च कभरेज नेटवर्कहरू, व्यापकक्लाउड–आधारित अनुप्रयोगहरूको प्रयोग र एआई आईओटी प्रयोगले रियल–टाइम डाटा विश्लेषण र अन्तरदृष्टि प्रदानगर्छ ।
५ः इकोसिस्टम दक्षता र लचिलोपना– सम्पूर्ण इकोसिस्टम डिजिटल, बजार परिवर्तनलाई द्रुत प्रतिक्रिया दिन सक्षमर स्वचालित समन्वय र सरोकारवालाहरूको क्रस–सेक्टर सहयोगलाई समर्थन गर्नसक्छ । प्रतिनिधिप्रविधिहरू जस्तै छन्, क्ष्यत् र रोबोटिक्सले नयाँव्यापार मोडल, कार्य विधिर उत्पादनहरूको डिजिटाइजेसन प्रक्रियाको विस्तारका लागि नयाँ अवसरहरू प्रस्तुत गर्छ ।
‘आईसीटीले उद्योगहरु भरिएसंगै डिजिटल रूपान्तरण देशहरू र उद्योगहरूबीच सबर्सम्मत भएको छ’, ह्वावेको आईसीटी इन्फ्रास्ट्रक्चरका चीफ मार्केटिङ अफिसर झाङ होङ्सीले भने, ‘पहिलो पटकहामीले हाम्रो अनुसन्धानको परिप्रेक्ष देशहरूको आयामबाट उद्योगहरूमा विस्तार गरेका छौं । हामीले देश र उद्यमीहरूका लागि भविष्यमुखी आर्थिक रीजीलेन्स बनाउन विभिन्न चरणमा डिजिटल रूपान्तरण मार्गहरू पनिसुझावदिएका छौं।’
जीसीआई रिपोर्टले नीति निर्माता र आर्थिक सरोकारवालाहरुलाई मूल्यवान अन्तर्दृष्टि प्रदानगर्ने लक्ष्य राखेका छ । जुन डिजिटल अर्थव्यवस्था बृद्धि गर्न मद्दत गर्दछ । जीसीआई २०२० द्वारा मूल्यांकन गरिएको ७९ राष्ट्रहरुले विश्वको कुल जीडीपीको ९५५ र विश्वव्यापी जनसंख्याको ८४५ प्रतिनिधित्व गरेको छ ।




प्रतिक्रिया