शेन्जन – ह्वावेले आफ्नो २०२० को वार्षिक प्रतिबेदन सार्वजनिक गरेको छ । आज ह्वावेले आफ्नो २०२० को प्रतिबेदन एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो । २०२० मा कम्पनीको विश्वव्यापी बिक्री राजस्व सीएनवाई ८९१.४ अर्ब बराबरको भएको छ, जुन प्रति वर्ष ३.८ प्रतिशतले बढेको छ र यसको कुल नाफा सीएनवाई ६४.६ अर्बको भएको छ, जुन वार्षिक आधारमा ३.२ % ले बढेको हो ।
सन् २०१९ र २०२० मा अमेरिकी प्रतिबन्धले ल्याएको अपरेसनल कठिनाइहरूको बावजुद पनि ह्वावेले केपीएमजीलाई स्वतन्त्र र उद्देश्यपूर्ण रूपमा आफ्नो वित्तीय खाताको लेखा परीक्षण गररिह्यो । जस्तोसुकै परिस्थिति भए पनि हामी सरकार, ग्राहक, आपूर्तिकता, कर्मचारी, र साझेदारहरूलाई अपरेसनल डाटा खुलाएर पारदर्शिता जारी राख्नेछौं ।
२०२० मा ह्वावेको क्यारियर व्यवसायले १७० भन्दा बढी देश र क्षेत्रहरूमा १,५०० भन्दा बढी नेटवर्कहरूको स्थिर अपरेसनहरू सुनिश्चित गर्न जारी राख्यो, जसले कोभिड–१९ लकडाउनमा टेलिवर्क, अनलाइन शिक्षा, र अनलाइन शपिंगलाई सहयोग गरेको थियो । ह्वावे नेपाल पनि कोभिड(१९ महामारीको बेला नेटवर्क कायम गर्न सरकार र दूरसंचार अपरेटरहरुसंग संगै काम गरिरहेको थियो ।
विश्वभरका क्यारियरहरूसँग मिलेर काम गरी कम्पनीले राम्रो कनेक्टेड अनुभव प्रदान गर्न मद्दत समेत गरेको छ। २ हजार भन्दा बढी उद्योगहरूमा कोइला खानी, स्टिल उत्पादन, बन्दरगाह, र निर्माण जस्ता ३ हजार भन्दा बढी फाइभ जी इनोभेसन प्रोजेक्टहरूको साथ अगाडि बढिरहेको छ । गत बर्षमा ह्वावेको उद्यम व्यवसायले विभिन्न उद्योगहरुका लागि इनोभेटिभ सिनारियो आधारित समाधानहरू विकास गर्न र संयुक्त निर्माण तथा साझा सफलता ल्याउने डिजिटल ईकोसिस्टम निर्माण गर्ने प्रयासलाई बढावा दिएको थियो । महामारीको समयमा ह्वावेले प्राविधिक विशेषज्ञता र समाधानहरू प्रदान गरेको थियो जुन कोरोना भाइरस विरुद्धको लडाईमा महत्वपूर्ण भूमिका खेलेको थियो ।
ह्वावेले ५ करोड भन्दा बढी प्राथमिक र माध्यमिक स्कूलका विद्यार्थीहरूको लागि क्लाउडमा आधारित अनलाइन शिक्षा प्लेटफर्महरू सुरू गर्न साझेदारहरूसँग पनि काम गरको छ । नेपालमा, ह्वावेले बैंकिंग उद्योग, एयरलाइन्स, मिडिया र अन्य बिभिन्न डोमेनहरूको संगठनको लागि डिजिटल रूपान्तरण सुरू गर्न सहयोग पु¥याएको छ ।
गत वर्षमा हामीले कठिनाइको समयलाई कडा रुपमा सामना गरिरहेका छौं,ह्वावेका रोटेटिंग अध्यक्ष केन हूले भने । हामीले हाम्रा ग्राहकहरूको लागि भ्यालु सिर्जना गर्न, महामारीको बिरूद्ध लड्न र दुबै आर्थिक सुधार र विश्वव्यापी सामाजिक प्रगति गर्न सहयोग पु¥याइरहेका छौं । हामीले यस अवसरलाई हाम्रोे कार्यहरु सुधार गर्न प्रयोग ग¥यौं जसले परफर्मान्समा सुधार ल्यायो जुन मुख्य रूपमा पूर्वानुमानसँग मिल्दोजुल्दो रहेको छ । ”
ह्वावेले समग्रमा समाजको लागि साझा भ्यालु सिर्जना गर्नुको महत्व बुझेको छ र साझा प्रगति र समृद्धिको लागि बृहत्तर आर्थिक, सामाजिक र वातावरणीय लक्ष्यहरूको साथ दिन साझेदारहरूसँग मिलेर काम गरिरहेको केन हुले बताए । आर्थिक सुधारलाई निरन्तरता दिन र डिजिटल इकोसिस्टमलाई प्रोत्साहन गर्न ह्वावेले २०२० मा सिंगापुरमा प्राविधिक सहयोग, कोष, परामर्श र प्राविधिक स्टार्टअपहरूको लागि प्रशिक्षण प्रदान गर्न स्पार्क कार्यक्रम शुरू गरेको थियो ।
ह्वावेद्वारा समर्थित थाईल्याण्डमा फाइभजी इकोसिस्टम इनोभेसन सेन्टरले आशियान क्षेत्रमा फाइभजी इनोभेसनका लागि स्यान्डबक्सको रूपमा सेवा प्रदान गर्दछ ।
ह्वावे नेपालले आईसीटी अवार्ड टोलीसँग नेपालमा प्राबिधिक विज्ञहरूको सूची तयार गरी टेक्नोलोजी विस्तार गर्न र डिजिटल नेपाल अभियानलाई सफल बनाउन सहयोग पु¥याएको छ ।
ह्वावे आईसीटी अवार्ड २०२० ले यस बर्ष ३५० भन्दा बढी अनलाइन नामांकन प्राप्त गरेको थियो, र १२ विभिन्न बिधाहरूमा अवार्ड प्रस्तुत गरेको थियो । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि उक्त कार्यक्रमलाई समर्थन गरेको छ र नेपालमा आईसीटी क्षेत्रमा योगदान पु¥याएको प्रयासको सराहना गर्दछ केन हूले भने ।




प्रतिक्रिया