बेलायतमा हुवावेको भविष्यमाथि राजनीतिकरण हुनु दुःखको कुरा हो : हुवावे प्रवक्ता ब्रेउस्टर

बेलायतमा हुवावेको भविष्यमाथि राजनीतिकरण हुनु दुःखको कुरा हो : हुवावे प्रवक्ता ब्रेउस्टर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बेलायत सरकारले २०२० को अन्त्यपछि बेलायतका मोबाइल प्रदायकहरुलाई नयाँ हुवावे फाइभ जी उपकरण किन्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार बेलायत सरकारले गरेको निर्णयको चीनले विरोध जनाएको छ । उसले २०२७ सम्ममा आफ्नो नेटवर्कबाट सबै हुवावे फाइभ जी किट हटाउन समेत भनेको छ ।

हुवावे बेलायतका प्रवक्ता एडवर्ड ब्रेउस्टरले बेलायत सरकारको यो निर्णयले बेलायतमा मोबाइल फोन बोक्ने जो कोहीका लागि निराशाजनक समाचार भएको बताए ।

उनले यसले ब्रिटेनको डिजिटल गति सुस्ताउने, बिल बढ्ने र डिजिटल डिभाईड गहिरिने खतरा रहेको दावी गरे । प्रवक्ता ब्रेउस्टरले बेलायती सरकारको यो निर्णयले सरकारको स्तर बढ्नुको साटो घट्ने हुदाँ पुनर्विचार गर्न आग्रह गरेका छन् ।

ब्रेउस्टरले भनेका छन् ‘ हामी विश्वस्त छौं कि अमेरिकाको नयाँ प्रतिबन्धले बेलायतमा आपूर्ति गर्ने उत्पादनहरूको लचिलोपन वा सुरक्षामा असर गर्दैन । बेलायतमा हाम्रो भविष्यमाथि राजनीतिकरण भएको दुःखको कुरा हो, यो अमेरिकी व्यापार नीतिको बारेमा हो नाकि सुरक्षाबारे । ’

पछिल्ला २० बर्षमा हुवावेले बेटर कन्नेक्टेड बेलायतको निर्माणमा ध्यान केन्द्रित गर्दै आएको थियो । हुवावेका प्रवक्ता ब्रेउस्टरले एक जिम्मेवार व्यवसायको रूपमा ग्राहकहरूलाई समर्थन गरिरहने बताएका छन् । ‘हामीे यो घोषणाको मूल्य हाम्रो व्यवसायको लागि यहाँ के हुन्छ भनेर विस्तृत समीक्षा गर्नेछौं र बेलायत सरकारसँग काम गरिराख्ने छौं । ताकि हामी कसरी बेटर कन्नेक्टेड बेलायतमा योगदान दिन जारी राख्न सकौं । ’ प्रवक्ता ब्रेउस्टरले भनेका छन् ।