काठमाण्डु – जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख र बचत बैंक हेर्दै आएका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारले २०६० सालदेखि हुलाक बचत बैंक हेर्दै आएका नासु बलीरामप्रसाद कुर्मी, बारा जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहमाथि मुद्दा दायर गरेको हो ।
नासु बलीरामले बचतकर्ताको पासबुक तथा लेजर बुकमा मात्र जनाई, कार्यालयको दैनिक नगदी रजिष्टरमा नजनाई, बैंक दाखिला नगरी, केन्द्रीय कार्यालयमा जानकारी नगराएको साथै हाकिमसँग मिलेमतो गरी लिने खाने गरेको खुलेको हो ।
उनीहरुले बचतकर्ताहरुको बचत गर्नुपर्ने रकम अपचलन गरी आपसमा बाँडफाँड गरी बचतकर्ताहरुबाट उठेको बचत रकम साँवा ब्याँज गरी कूल ५ करोड ३५ लाख बढी भ्रष्टाचार गरेको आरोप छ ।
आयोगले ५ करोड ३५ लाख ६४ हजार २७९ रूपैयाँ बिगो दाबी गरि आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।




प्रतिक्रिया