हुलाक सेवा सङ्कटमा : सेवा लिनेको संख्या वर्षेनी घट्दो 

हुलाक सेवा सङ्कटमा : सेवा लिनेको संख्या वर्षेनी घट्दो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज विश्व हुलाक दिवस , नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइदैछ । १ सय ४७ औ हुलाक दिवसको  नारा इनोभेट टु रिकभर अर्थात पुन उत्थानका लागि नयाँ आविश्कार  तय भएको छ ।

विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रूपमा हुलाकलाई लिइन्छ । विश्वभरका मानिसहरूबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघ स्थापना भएको हो ।

 नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।

सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व सङ्कटमा

सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व पछिल्लो समय सङ्कटमा परेको छ । नेपालमा विसं १९३५ देखि सुरू भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पुर्‍याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व  जोखिममा परेको हो ।

 एक दशकअघिसम्म आमनागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पु¥याउने काममा मात्र साँघुरिएको हुलाकका कर्मचारी बताउँछन् । सूचना प्रविधिको पहुँचका कारणले सेकेण्ड–सेकेण्डमा सूचना पाउने भएपछि चिठीपत्र र हुलाक सेवा दुवैको औचित्य घटेको गोश्वारा  हुलाक कार्यालयका सूचना अधिकारी  चुडामनी केसीले जानकारी दिए ।

प्रयोगकर्ता घटे 

प्रविधिको विकास सँगै हुलाक सेवाका प्रयोगकर्ता घटेका छन् । सन् २०१६ मा आन्तरिकतर्फ तीन करोड ४५ लाख ५० हजार हुलाक सेवा प्रदान भएको थियो । सन् २०१९ मा आउँदा घटेर एक करोड ४४ लाख मात्र छ । सन् २०२० र २०२१ को तथ्यांक तयार नभएको, तर संख्या घटेको हुलाक सेवा विभागका सहायक प्रवक्ता रमेशकुमार कटवालले बताए । वैदेशिकतर्फ सन् २०१६ मा ३८ लाख ७४ सेवा आदानप्रदान भएकोमा सन् २०१९ मा आठ लाख ६७ हजार मात्र भएको छ ।