काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले नेपालको मानव अधिकारको अवस्था सम्बन्धमा अन्तराष्ट्रिय चासो र आयोगका सिफारिसहरु कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विगतका सिफारिस तथा विश्वव्यापी आवधिक समीक्षाको क्रमममा अन्तराष्ट्रिय समुदायबाट प्राप्त सुझाव तथा अयाोगका सिफारिसहरुको कार्यान्वयनका लागि सरकारको ध्यानआकर्षण गराएका छन् ।
जनवरी २१ मा भएको संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को बैठक बसेको थियो सो बैठकमा विभिन्न देशका प्रतिनिधिहरुले नेपालमा मानव अधिकारको अवस्थाबारे चासो राखेका थिए ।
अमेरिकालगायत विभिन्न राष्ट्रहरुले संक्रमणकालिन न्यया, यातना, खाद्य अधिकार, शरणार्थी अधिकार लगायतका विषयमा चासो रोखेका थिए । सशस्त्र द्वन्द्वका घटनामा आममाफी दिन नसकिने सरकारको धारणालाई आयोगले महत्वका साथ हेरेको बताएको छ ।





प्रतिक्रिया