एसएसबीको कुटाइबाट मारिएका नेपाली मुुकुलरायका परिवारलाई क्षतिपूर्ति दिन आयोगको निर्देशन


काठमाडौं– भारतको राष्ट्रिय मानवअधिकार आयोगले भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) को कुटपिटबाट मारिएका एक नेपालीका परिवारलाई क्षतिपूर्ति दिन त्यहाँको सरकारलाई निर्देशन दिएको छ।

एसएसबीको कुुटपिटबाट २०६६ असोजमा मारिएका रौतहटका मुकुलराय यादवको परिवारलाई क्षतिपूर्ति दिन आयोगले भारत सरकारलाई निर्देशन दिएको हो।

उनको परिवारले ८ वर्षसम्म क्षतिपूर्ति नपाएको भन्दै भारतीय राष्ट्रिय मानव अधिकार आयोगले एसएसबी दोषी रहेको ठहर सहित पीडित परिवारलाई ५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन भारत सरकारलाई निर्देशन दिएको हो।

यसअघि नेपालको राष्ट्रिय मानव अधिकार आयोगले यादवको हत्याबारे छानविन गर्दै क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह सहितको पत्र पठाएको थियो।

सोही पत्रका आधारमा भारतीय मानव अधिकार आयोगले प्रक्रिया अगाडि बढाएको नेपालको राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement