राष्ट्रिय मानव अधिकार पुरस्कारबाट तीन जना सम्मानित


काठमाडौं – ७१औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा ११औं मानव अधिकार राष्ट्रिय महाभेला २०१९ को अवसरमा ३ जनालाई सम्मान गरिएको छ । आइतबारबाट सुरु भएको मानव अधिकार राष्ट्रिय महाभेलाको अवसरमा प्रा.डा. मथुरा श्रेष्ठ, गंगा कसजु र डा. गौरीशंकर लाललाई मानव अधिकार पुरस्कारबाट सम्मान गरिएको हो ।

श्रेष्ठलाई पद्यमरत्न तुलाधरलाई राष्ट्रिय मानव अधिकार तथा शाक्ति पुरस्कारबाट सम्मान गरिएको हो । जेष्ठ नागरिकको अधिकारका सम्बन्धमा लामो समयदेखि आवाज उठाउँदै आएका श्रेष्ठलाई सम्मानसँगै ५० हजार रुपैयाँ र कदरपत्र पनि प्रदान गरिएको छ । यस्तै कसजुलाई शान्तालक्ष्मी महिला मानब अधिकार पुरस्कारबाट सम्मान गरिएको छ । सो पुरस्कारको राशि २० हजार रुपैयाँ र कदरपत्र रहेको छ । यसैगरी लाललाई राष्ट्रिय मानव अधिकार पुरस्कार प्रदान गरिएको छ । सो पुस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

पुरस्कार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्ष अनुपराज शर्माले संयुक्त रुपमा वितरण गरेका थिए । सो अवसरमा आयोगका अध्यक्ष शर्माले संविधानमा मानव अधिकारका क्षेत्रमा धेरै कुरा उल्लेख गरे पनि नेपालमा मानव अधिकार उलंघनका घटनामा कमी नआएको बताए ।   

महाभेलाले मानव अधिकारको वर्तमान अवस्थाकाबारे देशभर छलफल, अन्तरक्रिया कार्यक्रमको आयोजना गरी घोषणापत्रमार्फत् सरकार तथा सरोकारवालाहरुमा पेश गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement