बम आतंक बढेपछि मानव अधिकार आयोगले भन्यो, ‘निर्वाचन सुरक्षामा गम्भीर चुनौती’ (विज्ञप्तिसहित)


काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले बम विस्फोट एवं उम्मेदवारमाथि आक्रमणका घटना बढ्दै जानुलाई सुरक्षा अवस्था निकै कमजोर रहेको ठहर गरेको छ।

 

 

 

राजधानी काठमाडौंमै उम्मेदवारमाथि बम आक्रमण हुन थालेपछि आयोगले सोमबार विज्ञप्ति जारी गर्दै आक्रमणका घटना बढ्दै जानुु र दोषी पत्ता नलाग्नुले निर्वाचन सुरक्षामा गम्भीर चुनौती खडा भएको जनाएको हो।

 

आयोगले सुरक्षाको प्रत्याभूति दिलाउन समेत सरकारको ध्यानाकर्षण गरेको छ।

 

 

 

‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको दोस्रो चरणको दिन नजिकिँदै गर्दा तेह्रथुम, स्याङ्जा, सर्लाही, पाल्पा, डडेल्धुरा, कैलाली, जिल्लाका साथै राजधानीमै उम्मेदवार तथा दलका चुनावी कार्यक्रमलाई लक्षित गरी बम आक्रमण भई उम्मेदवार तथा दर्जनौं सर्वसाधारण व्यक्तिहरु घाइते भएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ।

 

 

सोमबार मात्र बुढानीलकण्ठको चपली हाइटमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम आक्रमण भएको थियो। यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा रहेकै बेला सोमबार सो सहरमा बम विस्फोट भएको थियो।

 

प्रतिक्रिया दिनुहोस
Advertisement