काठमाण्डु उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाण्डु उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा भदौ २ गतेदेखि जारी निषेधाज्ञा २४ अर्थात बुधबारबाट सकिँदैछ । काठमाण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर जाने उपत्यकाका सिडिओहरुको तयारी छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निषेधाज्ञा तोडेर व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ ।तर, प्रशासनले भने अझै केही कोरोना संक्रमणको अवस्था हेरेर मात्रै निषेधाज्ञाबारे नर्णिय गर्ने तयारी गरेको छ । सोमबार नाडाको पदाधिकारी बैठकले भदौ २५ गतेदेखि व्यवसाय सञ्चालन गर्न व्यावसायीहरुलाई आग्रह गरिसकेको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना संक्रमणको जोखिम हेरेर मात्रै खोल्न सकिने बताइन् ।

‘अहिले पनि अत्यावश्यक पसलहरु सञ्चालनमा छन् । कपडा र होटलहरु मात्रै बन्द छन् नत्र अहिले निर्माण सामाग्रीलगायतका पसलहरु हामीले सञ्चालन गर्न दिएका छौं’, सिडिओ पाण्डेले काठमाण्डुपाटीसँग कुरा गर्दै भनिन्, ‘उहाँहरुले भनेर खुल्ने होइन । भोली आउने सम्भावित जोखिम कम गर्न हामीले तयारी गर्नुपर्ने हुन्छ ।’

सिडिओ पाण्डेले लकडाउनबारे औपचारिक निर्णय भोलकिो बैठकले गर्ने जानकारी दिइन् । उनकाअनुसार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, विज्ञसमूह र गृहमन्त्रालयसँगको छलफलपछि मात्रै निषेधाज्ञाबारे थप निर्णय हुनेछ ।

उनले काठमाण्डु उपत्यकामा हिजो ठूलो मात्रामा पिसिआर परीक्षण गरिएकाले संक्रमणको अवस्था हेरेर निर्णय गर्ने जानकारी दिइन । सिडिओ पाण्डेले लकडाउनको मोडालिटी परिवर्तन गर्ने संकेत गरेकी छन् ।